नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा मुलुकमा खतरनाक खेल भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले सरकारले अहिलेसम्म संविधान संशोधनको कुरा गरे पनि त्यसको पुष्टि गर्न नसकेको बताउनुभयो ।
सरकारले आउँदो माघसम्म तीनै तहको निर्वाचन गराउनुपर्ने भए पनि अहिलेसम्म त्यसको कुनै प्रक्रिया समेत अगाडि बढाउन नसक्दा संविधान नै सङ्कटमा पर्ने अवस्था देखा पर्न थालेको भन्दै ज्ञवालीले त्यसतर्फ सरकार संवेदनशील नदेखिएको आरोप लगाउनुभयो ।
No comments:
Post a Comment