watch first and then search

watch first and then search

Saturday, November 5, 2016

नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकको मृत्यु



भोजपुर नगरपालिका ६ स्थित भोजपुर लेगुवा सडक खण्डमा शुक्रबार साँझ नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ६ बस्ने वर्ष ३५ को दिपक सुन्दास रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सुन्दासलाई साँझ साढे ६ बजे तिर नम्बर र पहिचान खुल्न नसकेको सवारी साधनले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन फरार भएकाले प्रहरीबाट खोजतलाश भई रहेको छ ।

No comments:

Post a Comment

watch first and then search