watch first and then search

watch first and then search

Saturday, November 5, 2016

कारोबार दैनिकका पूर्व सम्पादक सञ्जय न्यौपानेको ४४ वर्षको उमेरमा निधन



कारोबार दैनिकका पूर्व सम्पादक सञ्जय न्यौपानेको उपचारको क्रममा निधन भएको छ ।

उनको आज ललितपुरमा निधन भएको पत्रकार नकुल अर्यालले जानकारी दिए । दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील उनी २०७० असारदेखि २०७२ चैतसम्म कारोवार दैनिकमा सम्पादक थिए ।

४४ वर्षीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् । उनी गत वर्षदेखि एनाप्लास्टिक एस्ट्रोसिटोमा नामले चिनिने स्नायु प्रणाली सम्बन्धी रोगबाट पीडित थिए ।






.

No comments:

Post a Comment

watch first and then search