watch first and then search

watch first and then search

Saturday, November 5, 2016

पाकिस्तानले गर्दा भारतमा तनावः यसकारण नेपालसँग सुरक्षा सहयोग माग्दै भारत



इटहरी २० कार्तिक । कास्मिरमा भारत–पाकिस्तान तनाव सुरु भएसँगै भारतले नेपालसँग सुरक्षा सहयोग मागेको छ । नेपाल–भारत खुल्ला सीमानाका कारण पाकिस्तानी आत्तंकवादी भारत छिरेर हमला गर्न सक्ने भन्दै भारतले सीमा नाकामा भरपर्दौ सुरक्षा व्यवस्था मिलाउन नेपालसँग माग गरेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खुल्ला सीमानाको फाइदा उठाउँदै अन्तराष्ट्रिय आतंकवादी संगठनका प्रतिनिधि भारत प्रवेश गर्न सक्ने अशंकामा नेपाली सुरक्षाकर्मीसँग सुरक्षा सहयोग मागेको हो । भारतको विहार राज्यस्थित अररिया, सुपौल र मधुवनी जिल्लाका सीमा सुरक्षा बल (एसएसबी)का कमाण्डरले पूर्वी नेपालका सुनसरी, मोरङ, सप्तरी र सिराहा जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका जिल्ला प्रमुखलाई भारतमा बोलाएर सुरक्षा सहयोग मागेका हुन् । एसएसबीले नेपालसँग सुरक्षा सहयोग माग्नु अगाडि नेपाल–भारत गृह–सचिव स्तरीय बैठकमासमेत भारतले सीमानाकामा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपालसँग भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सहयोग मागेको थियो । भारतीय सुरक्षा बल एसएसबीले सुनसरीका प्रमुख एसपी पोषराज पोखरेल, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयका एसपी रमेश सुवेदी, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख नगेन्द्र दाहाल, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सप्तरीका एसपी जयबहादुर खड्का, जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी श्याम ज्ञावाली, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सिराहाका एसपी चन्द्रप्रकास भट्ट, मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीलगायतका सुरक्षा प्रमुखलाई भारतको अररिया, सुपौल र मधुवनीमा बोलाएर सुरक्षा सहयोग मागेको हो । एसएसबीले सुनसरी, मोरङ, सप्तरी र सिराहा जिल्लाका प्रहरी प्रमुखलाई लिखित रुपमा पनि सीमा क्षेत्रको सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ । एसबीको सुपौल जिल्लाका कमाण्डर राम अवतार बलौटिया र मधुवनी जिल्लाका कमाण्डर परिछित बेहेराले नेपाली सुरक्षा अधिकारी समक्ष अन्र्तराष्ट्रिय आत्तंकवादी संगठन (आइएस) ले भारतमा आक्रमणको निसाना बनाएको र हाल भैरहेका्े भारत– पाकिस्तान विवादका कारण सीमा क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै भारतीय सीमाना जोडिएका प्रत्येक नाकामा सुरक्षा सर्तकता अपनाई आवश्यक सहयोग गर्न अनुरोध गरेका हुन् । एसएसबीको विरपुर स्थित ४५ बटालियनका जोइन एरिया अग्रनाइजर एसएस थापाले भारत–पाकिस्तान तनावका कारण खुल्ला सीमानाको फाइदा उठाएर अन्तराष्ट्रिय आत्तंकवादी संगठन आइएस लगायत पाकिस्तानी भारत प्रवेश गर्न सक्ने भएकाले नेपालसंग सुरक्षा सहयोग माग गरिएको बताए । उनले नेपाल–भारतबीच सदिऔदेखि रोटी बेटीको सम्बन्ध रहेकाले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न र आत्तंकवादीलाई भारत प्रवेशमा रोक लगाउनका लागि नेपालसँग सुरक्षा सहयोग माग गरिएको बताए । सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले एसएसबीसँग सीमा नाकामा हुने अपराधिक घटनालाई दुवै देशका सुरक्षाकर्मीले नियन्त्रण गर्ने सहमति भएको र भारत पक्षको आग्रह बमोजिम सीमा क्षेत्रमा सुरक्षा व्यबस्था कडा पारिएको जानकारी दिए । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सप्तरीका एसपी जय बहादुर खड्काले पनि भारत पक्षको आग्रह अनुसार सप्तरीको सीमा नाकामा सुरक्षा व्यवस्था बजबुत पारिएको जानकारी दिए ।

No comments:

Post a Comment

watch first and then search