watch first and then search

watch first and then search

Tuesday, November 1, 2016

महिला पनि लामो दूरीको गाडी हाँक्दै



इनरुवा, कात्तिक । सामान्यतया लामो दूरीको यात्रामा महिला चालक रहँदैन तर मोरङ्गको मधुमल्ला–३ तोरी बारीकी लक्ष्मी पाण्डेले असोज २४ गतेदेखि टाटा सुमो चलाएर काठमाडौँदेखि दमकसम्मको यातायात सेवा दिन थाल्नुभएको छ ।

पछिल्लो समय दमक–१३ मा बस्दै आउनुभएका पाण्डेले १२ जना अट्ने सवारी साधनको पूर्णकालीन चालकको कठिन भूमिका निर्वाह गर्नुभएको छ । दुईवर्ष अगाडि साना तथा मध्यम सवारी साधन चालक अनुमति पत्र लिई छोटो दूरीको साधन चलाएर सेवा दिँदै आउनुभएका उहाँले दशैंदेखि लामो दूरीको सवारीमा हात हाल्नुभएको हो ।

करिव तीन हप्तायतादेखि पाण्डेले मे १ ज २०६३ नम्वरको गाडीबाट दमकदेखि काठमाडौँ र काठमाडौँदेखि दमकसम्म यात्रु ओसार्न थाल्नुभएको हो ।
पाण्डेले चलाउँदै आउनुभएको गाडीमा चढ्न सुरुमा डराउने, हिच्किच्याउने र लजाउनेहरु महिला पुरुष दुबैले अहिले निर्धक्कसँग उहाँको गाडी चढ्न थालेका छन् ।

महिला भएर लामो दूरीमा सवारी साधन चलाउन पाएकामा खुसी देखिएका पाण्डे लामो दूरीको गाडी चलाउँदा आफूमा कुनै त्रास नरहेको बताउनुहुन्छ ।

राति, बिहान वा दिउँसो जुनसुकै समय ट्राफिक नियम पालना गर्दै यात्रुहरुलाई गन्तव्यमा पु¥याउन पाएकामा उहाँ सन्तोष मान्नुहुन्छ ।

लामो दूरीको यात्रामा एक्लैले ७÷८ घण्टासम्म लगातार गाडी कुदाउने गरेको र आवश्यकता परे २४ घण्टामा २ पटकसम्म दमक–काठमाडौँबीच ओहोरदोहोर गर्ने साहस आफूसँग रहेको उहाँले राससलाई बताउनुभयो ।

No comments:

Post a Comment

watch first and then search