उत्तर कोरियाली तानशाह किम जोङ उन सँधै चर्चामा रहन्छन् । उनले बोलेका कुरा वा उनीसँग सम्बन्धित हरेक कुरा विश्वभरी नै हेडलाइन समाचार बन्ने गरेका छन् । पछिल्लो समयमा उनी चर्चित हुनुको कारण उनकी पत्नीको विषयलाई लिएर हो । विगत ७ महिना देखि किम जोङ उनकी पत्नी सार्वजनिकरुपमा देखा परेकी छैनन् ।
उनको विषयमा अनेकन अडकलवाजी चलिरहेको छ । किमकी पत्नी रि सोल जू पछिल्लो पटक २८ मार्चमा एक सार्वजनिक कार्यक्रममा देखा परेकी थिइन् । त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी सार्वजनिक भएको छैन । सन् २०१२ मा उत्तर कोरियाकी प्रथम महिलाकोरुपमा देखिएकी उनी पछिल्लो समयमा सार्वजनिक कार्यक्रममा अनुपस्थित हुन थालेपछि उनको खोजी शुरु भएको हो ।
हिरासतमा राखिएको अनुमान
सनकी तानशाह मानिने उत्तर कोरियाली तानशाहले आफ्ना आफन्तहरुलाई पनि सत्ता हत्याउन षडयन्त्र गरेको भनेर साहजै मार्ने वा कडा हिरासतमा राख्ने गरेको बताइन्छ । कसैमाथि शंका लागेमा उनले तत्काल हत्या गर्ने वा हिरासतमा राख्ने गरेको दक्षिण कोरियाली मिडियाको दावी छ । यस्तै कुनै शंका लागेर किम जोङ उनले पत्नीलाई पनि हिरासतमा राखेको अनुमान समेत भएको छ ।
No comments:
Post a Comment