watch first and then search

watch first and then search

Saturday, November 5, 2016

अक्षय कुमारले बढाए पारिश्रमिक, कति लिन्छन् उनले एउटा फिल्म खेलेको ?



पछिल्ला केही वर्ष बलिउडमा निकै छाएका छन्– अभिनेता अक्षय कुमार । उनले खेलेका फिल्म पनि ‘सुपरहिट’ भइरहेका छन् । एक वर्षमा सबैभन्दा धेरै ‘हिट’ फिल्म दिने कलाकारको सूचीमा उनको नाम सबैभन्दा अगाडि आउँछ ।

त्यसैले पनि होला, उनीसँग सम्झौता गर्न विभिन्न कम्पनी अग्रसर भइरहेका समाचार आइरहेका छन् । तीमध्ये दुई हुन्– नेटफ्लिक्स र अमेजन । यी दुवैले अक्षयका आगामी फिल्मका इन्टरनेट तथा स्याटलाइट अधिकार लिन चाहेका थिए ।

अबका दुई वर्षमा अक्षयका नौ फिल्म आउँदै छन् । यी सबै फिल्मका लागि उनले एउटा कम्पनीसँग स्याटलाइट अधिकार दिने सम्झौता गरिसकेका छन् । तर, अहिलेसम्म कुन कम्पनीसँग उनले सम्झौता गरेका हुन् भन्ने खुलाइएको छैन ।

पछिल्लो समय के चाहिँ चर्चा छ भने अक्षयले पारिश्रमिक पनि बढाएका छन् । यसअघि उनले एउटा फिल्मको ३० करोड भारतीय रुपैयाँ लिँदै आएका थिए । अबका सबै फिल्मका लागि उनले ४५ देखि ५० करोडसम्म लिने चर्चा अहिले बलिउडमा निकै चलेको छ ।

No comments:

Post a Comment

watch first and then search