watch first and then search

watch first and then search

Thursday, November 3, 2016

दुई महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या



काठमाडौँ, १८ कात्तिक । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा दुई महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ ।

विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य भदौ २१ को मन्त्रिस्तरीय निर्णयअनुसार वन विभागको महानिर्देशक भएर सरुवा भएपछि उक्त विभाग महानिर्देशक विहीन बनेको हो ।

विभागका प्रवक्ता किशोरकुमार मेहताले महानिर्देशक नहुँदा विभागको महत्वपूर्ण निर्णय गर्न अप्ठ्यारो हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रका प्रमुखले गरेका कतिपय निर्णय सच्याउनुपर्ने हुन्छ यस्तो अवस्थामा महानिर्देशक नहुँदा समस्या पर्ने गरेको छ ।”

महानिर्देशक नहुँदा विभागलाई कुन रुपले अगाडि लैजाने, कुन नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने भन्नेबारेमा समेत निर्णय लिन गाह्रो भएको प्रवक्ता मेहता बताउनुहुन्छ ।

विभागमा हाल गोपालप्रसाद भट्टराईलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ । महानिर्देशक नहुँदा दैनिक पाँच÷सातजना सेवाग्राही फर्कने गरेको विभागले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search