watch first and then search

watch first and then search

Thursday, November 3, 2016

गोली काण्डमा संलग्नहरु पक्राउ, आर्थिक लेनदेनका कारण गोली चलेको खुलासा



सन्तोष काफ्ले ,इटहरी । सुनसरीको इटहरीमा मंगलबार भएको गोली काण्ड आर्थिक लेनदेनका कारण भएको खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीले गोली काण्डमा संलग्नहरुलाई पक्राउ गरे सगै यो रहस्य खुलेको हो । तर प्रहरीले घटानाका मुख्य नाइकेलाई भने पक्राउ गर्न सकेको छैन ।


इटहरी २४ स्थित तरहरामा रहेको भोजपुरे होटलमा गोली चलाउने भोजपुर नेपालडाँडाका मिसन बिष्टसगै उनलाई भगाउन सहयोग गर्ने उदयपुर त्रियुगा नगरपालिकाका प्रसान्त कार्की र हतियार लुकाउन सहयोग गर्ने विराटनगर उपमहानगर पालिकाका अंकित कुमारलाई पक्राउ गरि सार्वजनिक गरेको छ । संखुवसभाको खादबारी नगरपलिका २ ठेगान तथा रबिन्द्र थापा नाम लेखाएका विष्टले मंगलबार धनकुटाको चानुवा ५ का तोर्ण पौडेलमाथि अन्धाधुन्द गोली प्रहार गरेका थिए । विष्टले अन्धाधुन्द गोली चलाउदा पौडेलसगै होटल सञ्चालक जंगमान राई घाइते भएका थिए । घाइते पौडेल घटानाका योजनाकार भनिएका बद्रि रिजालबीच आर्थिक कारोबार रहको र रिजालले विष्टलाई नगद दिइ पौडेल माथि गोली हान्न लगाएको प्रारम्भिक अनुसन्धानवाट खुलेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेश राज सुवेदीले जनाकारी दिनुभयो ।
घटनाका मुख्य योजनाकार भनिएका रिजाल फरार रेहेकोले उनको खोजी भइरहेको तथा पक्राउ परेकाहरुलाई हातहतियार खर खजना ,संगठित अपराध तथा ज्यानमार्ने उद्योगमा समेत मुद्धा चलाइएको डिएसपी सुवेदीको भनाई छ । पक्राउ परेका विष्टले यस अघि पनि गत असोजमा १० हजार लिएर भोजपुरमा अन्धाधुन्द गोली चलाएर फरार रहेको तथा यो घटानमा समेत अग्रिम २० हजार लिएर गोली चलाएको प्रहरीले जनाएको छ । घाइते दुवै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि घर फर्किएका छन् । घाइते मध्ये होटल सञ्चालक राईलाई तीन ठाउमा गोली लागेको छ । उहाँको देब्रे छातिदेखि माथिको भाग, छातीदेखि एक इन्च तल र पेटमा गोली लागेको छ भने घाइते पौडेलेका दाहिने हातको पाखुरामा दुई वटा गोली र दाहिने खुट्टामा एक गोली लागेको छ ।

No comments:

Post a Comment

watch first and then search