watch first and then search

watch first and then search

Saturday, November 5, 2016

‘यो रौसी भन्ने चिजै यस्तै हो’मा शिल्पाको बेजोड अभिनय (भिडियो)



काठमाडौँ । पछिल्लो समयकी ब्यस्त नायिका हुन् शिल्पा पोखरेल । ब्यस्तताका बाबजुत शिल्पाले चलचित्रको अलावा म्यूजिक भिडियोमा पनि अभिनय गर्दै आएकी छिन् ।

उनै शिल्पाले अभिनय गरेको कमेडी शैलीको भिडियो खोया बिर्के बोलको भिडियो सार्वजनिक भएको छ । गीतले रक्सी खाएपछि हुने बेहोसीलाई मुख्य रुपमा ब्यग्य गर्दै समाजको यर्थाथ अवस्थालाई बाहिर ल्याउने काम गरेको छ ।

जसमा नायिका शिल्पाले बेजोड शैलीमा नृत्य गरेकी छिन् । निर्मलमणी भण्डारीको स्वर शब्द र संगीत रहेको गीतको भिडियोमा शिल्पालाई उमा र भिम केसीले साथ दिएका छन् ।

भिडियोलाई करिब २५०० भन्दा बढी भिडीयो निर्देशन गरिसकेका चर्चित निर्देशक कुमार के।सीले निर्देशन गरेका हुन् । पाथिभरा डिजीटलले बजारमा ल्यएको भिडियोको सम्पादन अनुप शिवाकोटीले गरेका हुन् भने अजय रेग्मीले छायांकन गरेका छन् ।

No comments:

Post a Comment

watch first and then search