watch first and then search

watch first and then search

Saturday, November 5, 2016

सवारी दुर्घटनामा युवकको मृत्यु



सवारी दुर्घटनामा परी मोरङको कोशीहरैचामा आज दिउँसो एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशीहरैचा–१ खोर्सानेका चेतराज कार्की रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

कोशीहरैचा नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १४ प ५४२८ नं.को मोटरसाइकल र सोही दिशातर्फ गइरहेको को १७ प ९६९१ नम्बरको मोटरसाइकल ठक्कर खाएर पल्टिएपछि ९६९१ नम्बरको मोटरसाइकलका चालक कार्कीलाई विपरीत दिशाबाट आइरहेको को १ ज २४८५ नं.को भ्यानले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search