watch first and then search

watch first and then search

Thursday, November 3, 2016

पोखरामा भारतीय राष्ट्रपति मुखर्जीको पोखरा नजादै हुन् थाल्यो अपमान, लागि सक्यो ठुलो झड्का



पोखरा,१८ कात्तिक । पोखरामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतार्थ बनाइएको स्वागतगेट तोडफोड भएको छ । गएराति अज्ञात समूहले गेट तोडफोड गरेका हुन् ।
शुक्रबार हुने राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणका क्रममा स्वागतका लागि इन्द्रचोक नजिकै बनाइएको स्वागत गेट तोडफोड गरिएको हो ।



स्वागत छ पोखरामा भनेर लेखिएको फ्लेक्स च्यातिएको छ भने राष्ट्रपति मुखर्जीको फोटो पनि च्यातिएको छ । तर प्रहरीले भने सामान्य च्यातिएको बताएको छ । ‘सामान्य च्यातिएको हो, तर यो इन्टेनसनल्ली भएको देखिदैन’, कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले भने ।

यसैबीच, सो स्थानमा च्यातिएको फ्लेक्स निकालेर नयाँ फ्लेक्स लगाइसकिएको छ । फ्लेक्स च्यातिएको खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले तुरुन्तै नयाँ फ्लेक्स लगाएको हो ।

No comments:

Post a Comment

watch first and then search