watch first and then search
watch first and then search
Tuesday, August 14, 2018
भीर फुटेर खसेको पहिरोले २ वटा घर बगायो, ५ घर उच्च जोखिममा
जाजरकोट । जाजरकोटमा दुईवटा घर पहिरोले बगाएको छ भने पाँचवटा उच्च जोखिममा परेको छ । नलगाड नगरपालिका–१२ ठुलाबगरमा पहिरोले दुईवटा घर बगाएको हो । अविरल वर्षापछि खसेको पहिरोले भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पुर्णरूपमा पुरेको हो । यस्तै अन्य ५ जना स्थानीयका घर जोखिममा परेका छन्। घरदेखि माथि भीर फुटेर आएको पहिरोले यहाँका स्थानीयहरुका घर पुर्नुका साथै जोखिममा पारेको स्थानीयले बताएका छन् । यस्तै पहिरोले रुकुमको गोतामकोट र जाजरकोट ठुलोवगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा पारेको छ।
Thursday, August 9, 2018
अाफ्नाे म्यूजिक भिडीयाे हिट बनेपछि यसरी अंग्रेजी बाेले भुईकटहर(भिडियोमा हेर्नुहोला)
Kathmandu, 9th August, Ashok is not a new name for audience who are active on social media as Ashok Darji has created a storm over YouTube. His most of the interview are on trending and his first recorded song is also in trending. Ashok Darji who is from a poor family has become a star on social media. We need to discover other many talent and provide proper platform. Ashok Darji is going to perform in US soon. Recently Ashok Darji, AR, DJ Rupak and Tanka met PM KP Sharma Oli. His second song is in you tube trending, Here is a a video report about Ashok’s friend
Tuesday, July 31, 2018
बाहिरियो डरलाग्दो तथ्यांकः १ हजार २९ जनाको बलात्कार, परे ७ वर्षकी बालिकादेखि ६२ वर्षीया वृद्धासम्म
प्रदेश नम्वर १ मा बलात्कार घटना बढ्दै गएको अधिकारकर्मीहरुले बताएका छन् । पछिल्लो तथ्यांक अनुसार प्रदेश नम्वर १ मा बलात्कारका घटना बढ्दै गएको अधिकारकर्मीहरुले बताएका हुन् । तीन वर्षमा १ हजार २९ जना बलात्कारको शिकार भएको प्रदेश नम्वर १ को कार्यलयले जानकारी दिएको छ ।
१४ जिल्ला रहेको प्रदेश १ मा दैनिक १ भन्दा बढी महिला बलात्कारको शिकार हुने गरेको तथ्य बाहिरिएको छ । बलात्कृत हुनेमा ७ वर्षकी बालिकादेखि ६२ वर्षीया वृद्धासम्म छन् । बलात्कारको शिकार सबैभन्दा बढी किशोरी भएका छन् । प्रदेश १ अन्तर्गतका १४ जिल्लामा दैनिक १ भन्दा बढी बलात्कारको घटना हुने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
मोरङ जिल्लामा मात्र यो वर्ष १ सय ३ वटा बलात्कारको घटना भएका छन् । ३ वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष ०७४÷०७५ मा ३ सय ८४ वटा बलात्कारको घटना भएका छन् आर्थिक बर्ष ०७२–०७३ मा कुल २ सय ९४ बलात्कारका घटना भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
छक्का पन्जा ३ को नयाँ गीत सार्वजनिक ..."पहिलो नम्बर मा" कस्तो लाग्यो ?? प्रतिकृया दिनुहोला ।
Pahilo Number Maa | CHHAKKA PANJA 3 Song
Thursday, July 26, 2018
टेलिफोन र इन्टरनेको सेवा शुल्क नबढ्ने......पुरा पढ्नुहोस् र यो सुचना सबै माझ फैलाउन शेयर गर्नुहोस्
काठमाडौं- दूरसञ्चार संस्थाले बढाउने भनेको टेलिफोन र इन्टरनेट सेवा शुल्क नबढ्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले मोबाइल र इन्टरनेट सेवाको मूल्य नबढ्ने बताए। टेलिकम र इन्टरनेटमा बजेटमार्फत घोषणा गरेकै कर लाग्ने भएतापनि सेवाग्रहीको लागि भने मूल्य नबढ्ने उनले जानकारी दिए।
‘हामीले टेलिकम र इन्टरनेट प्रदायकहरुसँग मूल्य समायोजना गरेको छौं,’ उनले भने ‘सहमतीअनुसार टेलिकम र इन्टरनेट सेवमा मूल्य नबढाउने सहमती भएको हो ।’
उनकाअनुसार असारमा जति टेलिकम र इन्टरनेट सेवाको मूल्य छ अब त्यतिनै पर्नेछ। ‘सेवा शुल्कमा कुनै पनि फेरबदल हुनेछैन,’उनले थपे। सकारले इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदल बनाइ मूल्य समायोजन गरेको मन्त्रालयको भनाइ छ।
सरकारले बजेटमार्फत इन्टरनेट सेवामा १३ प्रतिशत र टेलिकममा ११ प्रतिशतबाट कर बढाएर १३ प्रतिशत पुर्याएको थियो।
त्यसपछि इन्टरनेट र दुरसञ्चारप्रदायक कम्पनीहरुले शुल्क बढाएको थियो। बढाएको शुल्कको चौतर्फी विरोध भएपछि सरकार सेवाग्रहीले तिर्ने शुल्क घटाउन बाध्य भएको हो।
सेवाको शुल्क बजेटअघिकै मूल्यमा फर्केको मन्त्रालयले जानकारी दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले मोबाइल र इन्टरनेट सेवाको मूल्य नबढ्ने बताए। टेलिकम र इन्टरनेटमा बजेटमार्फत घोषणा गरेकै कर लाग्ने भएतापनि सेवाग्रहीको लागि भने मूल्य नबढ्ने उनले जानकारी दिए।
‘हामीले टेलिकम र इन्टरनेट प्रदायकहरुसँग मूल्य समायोजना गरेको छौं,’ उनले भने ‘सहमतीअनुसार टेलिकम र इन्टरनेट सेवमा मूल्य नबढाउने सहमती भएको हो ।’
उनकाअनुसार असारमा जति टेलिकम र इन्टरनेट सेवाको मूल्य छ अब त्यतिनै पर्नेछ। ‘सेवा शुल्कमा कुनै पनि फेरबदल हुनेछैन,’उनले थपे। सकारले इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदल बनाइ मूल्य समायोजन गरेको मन्त्रालयको भनाइ छ।
सरकारले बजेटमार्फत इन्टरनेट सेवामा १३ प्रतिशत र टेलिकममा ११ प्रतिशतबाट कर बढाएर १३ प्रतिशत पुर्याएको थियो।
त्यसपछि इन्टरनेट र दुरसञ्चारप्रदायक कम्पनीहरुले शुल्क बढाएको थियो। बढाएको शुल्कको चौतर्फी विरोध भएपछि सरकार सेवाग्रहीले तिर्ने शुल्क घटाउन बाध्य भएको हो।
सेवाको शुल्क बजेटअघिकै मूल्यमा फर्केको मन्त्रालयले जानकारी दिएको छ।
लोकप्रिय गायक रामजी खाँड र गायिका अनिता चलाउने को तीज कोसेली “नहेर राजै त्यसरी “सार्बजनिक (भिडियोसहित)
गायिका अनिता च लाउनेको तीज गीत’ नहेर राजै त्यसरी लाज लाउछ मलाई बेसरी” को भिडियो हालै सार्वजनिक भएको छ ।रामजी खाँड र अनिता चलाउनेको स्वर समावेश तीज विशेष गीत युट्युवमा सार्वजनिक गीत डान्सिङ फ्लेभरको छ । ‘नहेर राजै त्यसरी’ बोलको गीतमा अभिनेत्री नीता ढुङ्गानाले कम्मर मर्काएकी छिन् ।
तीज गीतमा खासै नृत्यमा नदेखिने नीताले यो पटक भने आफुलाई अघि सारिन् । नीताले रोमान्टिक मुडमा नहेर राजा त्यसरी भन्दा उनलाई साथमा साथ गायक रामजी खाँडले नै दिएका छन् । सुन्दर कोरियोग्राफीमा छायांकन गरिएको गीतका शब्दहरु झट्ट मनमा बस्ने प्रकारका छन् ।
घनश्याम रिजालको शब्द समावेश गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् दुर्गा पौडेलले खिचेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् । गीतमा संगीत गायक तथा मोडल समेत रहेका खाँडको नै छ ।
निगमको इतिहासमै एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्यायो : अब नेपाली चन्द्रसूर्य झण्डा बोकेर नेपालको परिचय दिदै संसारका धेरै गन्तव्यमा उडान भर्ने
काठमाडौं, १० साउन । एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो ।
जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो । जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो । ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएको भन्दै सरकारले समेत प्राथमिकतामा राख्न सकेको थिएन निगमलाई ।
भएका दुई वटा पूराना जहाज मार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको थियो । आन्तरिक उडानमा निगमका जहाज कम थिए । तर अहिले अवस्था फेरिएको छ । आक्रामक रुपमा बजार विस्तार गर्ने र नयाँ नयाँ गन्तव्यमा सेवा दिने लक्ष्य लिएर निगमले नयाँ जहाज भित्र्याएको छ । थप दश विमान खरिद गर्ने योजनामा रहेको निगमको इतिहासमै एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलो पटक हो ।
निगमसँग अब पर्याप्त जहाज उपलब्ध छन् । त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ । यसले निगमप्रति विगतमा गर्ने खिसीटिउरीको अवस्थाको समेत अन्त हुनेछ । त्यसका लागि सरकार र निगम व्यवस्थापनले व्यावसायिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ ।
चुहावट नियन्त्रण र जहाज खाली उडाउने भनेर विगतमा गरिने प्रचारबाट निगमले सुधार गर्नु जरुरी छ ।
देशको राष्ट्रिय ध्वजावाहक निगमले भित्र्याउने नयाँ जहाजको रणनीतिक महत्वलाई आत्मसात् गर्दै निगमको जहाज नेपाली चन्द्रसूर्य झण्डा बोकेर नेपालको परिचय दिदै संसारका धेरै गन्तव्यमा उडान भर्नेछ । दुई वर्ष पहिले दुई वटा न्यारो बडी जहाज ल्याएर बजार विस्तारमा लागेको निगमले एक महिनाको अवधिमा दुई वटा वाइड बडी जहाज भित्र्याएको छ ।
फ्रान्सको तुलुजबाट नौ घण्टाको उडान गरेर निगमको दोस्रो वाइडबडी अर्थात् ‘मकालु’ नाम दिइएको जहाज आज विहान ९ बजेर १६ मिनेटमा अवतरण गरेको हो । जहाज अवतरण हुँदा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा निगमले नयाँ जहाज ल्याएको हो । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाजको स्वागत गर्न विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी र निगमका पदाधिकारी उपस्थित थिए ।
वाइड बडी ए ३३०–२०० सिरिजको सो विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो । निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ गत असार १४ गते विमानस्थलमा अवतरण गरेको थियो ।
विसं २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।
दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।
निगमको पहिलो वाइड बडी विमानबाट आगामी साउन १८ (अगष्ट १) देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गर्ने तयारीमा छ । यही साउन ७ गते निगमको जहाजले भारतको राजधानी नयाँ दिल्लीमा परिक्षण उडान गरेको थियो । आज अवतरण गरेको जहाज सबै प्रक्रिया पूरा गरेर आगामी चार हप्तापछि अन्तर्राष्ट्रिय उडान गर्नेछ ।
जहाज अवतरणपछि विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव देवकोटाले भन्नुभयो ‘ दुई वटा वाइड बडी विमान आइसकेको छ । ती विमान पहिलेकै गन्तव्यमा उडाइन्छ । त्यसपछि जापान, दक्षिण कोरिया र साउदी अरेबियामा उडान गर्ने लक्ष्य राखिएको छ ।’
आगामी पाँच वर्ष भित्र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि दश विमान खरिद गर्ने योजना बनाइएको भन्दै उनले निगमका जहाज यूरोपेली देशमा समेत उडान गरिने बताए ।
निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले निगमका दुवै जहाजलाई पूर्ण रुपमा व्यावसायिक बनाइने र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिने बताए ।
‘पहिलो बाइड बडी जहाजको उडान अनुमति आज भोलि नै हुन्छ । सबै कागजात बुझाइसकिएको छ । परिक्षण उडान समेत भइसकेको छ ’ महाप्रबन्धक कसांकारले भने “आज अवतरण भएको जहाज बढीमा चार हप्ता भित्र अन्तर्राष्ट्रिय उडान सुरु गर्नेछ ।” केही समय दुवै विमान पुरानै गन्तव्यमा उड्ने र क्रमशः नयाँ गन्तव्यका लागि समेत तम्तयारी अवस्थामा रहेको महाप्रबन्धक कसांकारको भनाइ छ । निगमसँग १३ वटा विमान रहेका छन् ।
चालक व्यवस्थापन गरिदै
निगमका अनुसार दुई वटा वाइड बढी विमानसमेतलाई दृष्टिगत गरी कूल ११६ जना चालक जरुरी पर्दछ । हाल निगमसँग ८८ मात्र चालक छन् । थप २८ चालक सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा लिएर विमान सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी चालक करारमा नियुक्त गर्दै जाने नीति लिएको छ । निगमभित्रका चालकलाई तालीम दिँदै क्रमिकरूपमा नियमानुसार स्तरोन्नति गर्दै लैजाने नीति समेत लिइएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
विमान थपेपछि त्यसको व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने बताउँदै आएको निगमले त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकेको छ । नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि नविन प्रविधि जडानमा जोड दिइएको छ । निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको भनाइ छ ।
निगमले भारतको नयाँदिल्ली, बेङ्गलोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।
एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यी मध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् ।
Tuesday, July 24, 2018
बजारमा उमाको ‘भाइरल’ तीज गीत
काठमाडौँ । गायिका उमा श्रेष्ठले ‘भाइरल’ तीज गीत सार्वजनिक गरेकी छन् । सो गीतमा उनलाई स्वरमा साथ दिएका छन्, डीबी लोप्चनले पनि ।
दीपक शर्माको शब्द तथा संगीत रहेको भाइरलमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । विक्रम चौहानले निर्देशन गरेको सो गीतको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी तथा सन्जिव ठकुरीले अभिनय गरेका छन् ।
तीज आउन दुई महिना पनि बाँकी नरहेका बेला तीज गीतहरु सार्वजनिक गर्नेक्रम बढेको छ । नयाँ तथा पुराना गायक गायिकाहरुले तीज सम्बन्धी गीत ल्याएका हुन् ।
भैरहवाको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुसबाटै परीक्षण उडान गरिने
रूपन्देही-निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जनवरी १ (पुस तेस्रो साता) परीक्षण उडान गर्नेगरी निर्माणको काम धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि मुख्य कामको रूपमा रहेको धावनमार्गको अन्तिम चरण प्रारम्भ भएको छ । ३ हजार मिटर लम्बाइ रहेको धावनमार्गमा तयार रहेको बेसकोर्समा आइतबारबाट बिटुमिन(अलकत्रा) हाल्ने काम सुरु भएको छ ।

अलकत्रा हालेपछि धावनमार्गलाई कालोपत्रे गर्ने काम सुरु हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए । “अब एक किसिमले धावनमार्ग कालोपत्रे गर्ने काम सुरु भएको मान्न सकिन्छ, यस्तै भयो भने हामी १ जनवरी २०१९ मा यो विमानस्थलबाट परीक्षण उडान सुरु गर्नेछौं,” शर्माले भने । बेसकोर्समा अलकत्रा राखेपछि त्यसमाथि तीन तहको पिच हुने शर्माको भनाइ छ । अहिले राखेको अलकत्राले बेसकोर्स तलका सबैलाई सुरक्षित र मजबुत गर्ने काम गर्छ । राखिएको अलकत्रामाथि अब १ फिटमात्रै उठ्नेछ, जुन धावनमार्गको अन्तिम कार्य हो ।
आयोजना कार्यालयले जतिसक्यो छिटो धावनमार्गको काम सकि त्यहीँबाट आन्तरिक हवाई उडान गर्ने लक्ष्य लिएको छ । अहिलेको विमानस्थलको धावनमार्ग ट्याक्सी वेमा परिणत हुने भएकाले त्यसलाई निर्माण गर्दा आन्तरिक उडान सम्भव नभएकाले पनि अहिलेको धावनमार्गको निर्माण जनवरी १ भित्रै सम्पन्न गरी त्यहिँबाट आन्तरिक उडान सुरु गरी विमानस्थलका बाँकी निर्माण काम गर्ने योजना रहेको आयोजना प्रमुख ओम शर्माले बताए ।
शर्माले जनवरी १ तारिखमा वाइडबडी जेट, एअरबसको परीक्षण उडान गर्ने योजनाअनुसार काम दु्रत गतिमा भइरहेको बताए । शर्माका अनुसार विमानस्थलको सबै काम हेर्दा अहिले आधाभन्दा बढी निर्माणका काम सकिएको छ । भौतिक पूर्वाधारका काम ६० प्रतिशत सकिएको छ । बाँकी पूर्वाधार र अन्य काम पनि समयमै सम्पन्न हुने र सन् २०१९ भित्र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने दाबी गरे । विमानस्थल निर्माणका क्रममा हुने अप्ठेरा बेसकोर्सका कामहरू सबै सकिएको छ ।
विमानस्थल निर्माण आयोजनाका प्रमुख शर्माका अनुसार विमान पार्किङ क्षेत्रको ७० प्रतिशत काम सम्पन्न भएको छ भने बाँकी रहेको छिट्टै सम्पन्न हुने बताइएको छ । पार्किङमा एकैपटक ५ ठूला विमान पार्किङ गर्न मिल्छ । यस्तै, प्रशासकीय भवन, कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको बताइएको छ । पछिल्ल्लो समय विमानस्थल निर्माणको काम दु्रत गतिमा भइरहेको छ । विमानस्थल निर्माणमा अहिले चीनका दक्ष र अर्धदक्ष गरी करिब ८० कामदार छन् भने थप कामदार चीनबाटै ल्याउने तयारी भइरहेको छ । विमानस्थल क्षेत्रभित्र पर्ने घाघरा नदी डाइभर्सन गर्ने काम २ वर्षअघि नै सम्पन्न भइसकेको छ ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ माघबाट चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभियसनले विमानस्थल निर्माण सुरु गरे पनि २०७२ मा आएको भूकम्प, त्यसलगत्तै लामो समय चलेको मधेश आन्दोलन, नाकाबन्दी, नदीजन्य बस्तुको अभावलगायतका कारणले विमानस्थल निर्माण करिब २ दुई वर्ष पछाडि धकेलिएको छ । ६ अर्ब २२ करोड रुपैयाँ लागत रहेको निर्माणधिन विमानस्थलको अहिलेसम्म आधाभन्दा बढी काम सकिएको छ ।
सरकारको प्रयास सफल हुँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुप फेरियो …
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार भएको स्टाटस शनिबार पोस्ट गर्नुभयो ।
सो स्टाटसमा हालसम्म धेरैले प्रतिक्रिया जनाउनुभएको छ भने ९२ पटक शेयर भएको छ । सो स्टाटसलाई मन पराउनेको संख्या एक हजार २०० छन् । नेता भट्टराईको स्टाटस पढेपछि राससले उहाँलाई सोध्यो–साँच्चीकै विमानस्थल सुधार भएको हो त रु उहाँको प्रतिक्रिया थियो “ विगतमा भन्दा धेरै सुधार भएको छ । त्यो मैले आफँैले अनुभव गरेँ ।”
नेता भट्टराईले मुलुकको आँखीझ्यालका रुपमा रहेको विमानस्थलमा सुधार हुनुलाई वर्तमान सरकार र त्यसका विभागीय मन्त्री रवीन्द्र अधिकारीको प्रयासले सार्थकता पाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रस्थान र आगमन पत्र भर्न यात्रुलाई झन्झटिलो थियो र त्यसको कुनै उपयोगिता पनि थिएन त्यो हटाएर राम्रो काम भएको छ ।”
सरकारले गत जेठ ७ गतेदेखि विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याएको छ । सोही योजनाको प्रभावले गर्दा विमान उडान र अवतरणमा रहेको एयर ट्राफिकको समस्यामा समेत उल्लेख्य सुधार आएको छ ।
नेता भट्टराईले थप भन्नुभयो, “विमानबाट ओर्लेपछि आधा घण्टाभित्रमा लगेजसमेत लिएर बाहिर निस्किन सक्नु त क्रान्ति नै जिते जस्तो लाग्यो मलाई ।”
विमानस्थलको प्रतिक्षालय, शौचालय पहिलेभन्दा सफा देखिएको उल्लेख गर्दै नेता भट्टराईले सानो प्रयासबाट पनि ठूलै उपलब्धि हासिल हुन सक्ने भन्दै राम्रोलाई राम्रो नै भन्न सक्ने बानी बसाल्नसमेत आग्रह गर्नुभयो ।
नकारात्मक विषयले मात्रै प्राथमिकता पाइरहेका बेला सकारात्मक काम र अभ्यासलाई सबैले साथ दिनु जरुरी देखिएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको सानो प्रयासले मुलुकमा लामो समयदेखि जकडिँदै आएको विद्युत्भार कटौतीको समस्याबाट मुलुकले त्राण पाएको थियो । गरे के हुँदो रहेनछ भन्ने एउटा प्रमाण विद्युत्भार कटौती पनि थियो । त्यस्तै प्रयासमा वर्तमान सरकार लागिपरेको छ । विमानस्थल सुधार तथा विकृति विसंगतिको अन्त्यका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले निरन्तर पहल गर्दै आउनुभएको छ ।
मन्त्री अधिकारी भन्नुहुन्छ, “सानो कामबाटै शुरु गरौँ र सेवाग्राहीलाई नै सुधारको अनुभव गराऔँ भन्ने मान्यता छ । सोही आधारमा काम भइरहेको छ ।”
मन्त्री अधिकारीले सार्वजनिक गर्नुभएको कार्ययोजनामा समेत विमानस्थल सुधारको कामलाई प्रमुख प्राथमिकतामा राखिएको छ । विमानस्थलमा हुने सामान्य व्यवहार तथा शिष्टताले पनि ठूलो अर्थ राख्दछ । त्यो राष्ट्रिय प्राथमिकताको विषयसमेत हो ।
वर्तमान सरकारले विमानस्थलको सुधार, सुरक्षा प्रणालीमा रहेको कमजोरीको अन्त्य गर्दै यात्रुलाई सरल र सहजरुपमा सेवा दिने लक्ष्य राखेको छ । सो लक्ष्यलाई पूरा गर्न हरतरहको प्रयास भइरहेको छ र केही सफलतासमेत हासिल भएको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पछिल्लो दिनमा गरिएको प्रयासले सार्थकता पाएको बताउनुभयो ।
पर्यटनमन्त्रीका रुपमा अधिकारीले जिम्मेवारी सम्हालेदेखि विमानस्थल सुधार पहिलो प्राथमिकतामा परेको थियो । अहिले अध्यागमनमा विद्युतीयरुपमा नै फारम भर्ने व्यवस्थाले नेपाली यात्रुलाई सहज बनाएको छ । महाप्रबन्धक क्षेत्रीले भन्नुभयो, “यो ठूलो परिवर्तन हो । फारम भर्न नजान्ने, लेखपढ गर्न नजान्ने, शशारीरिकरुपमा अशक्त नागरिका लागि यो व्यवस्था अति उपयोगी देखिएको छ ।”
सरकारको पछिल्लो प्रयासले विमानस्थलको सेवालाई सर्व सुलभ र प्रभावकारी बनाउन बल पुगेको छ । अहिले ४५ मिनेटमा ९९ प्रतिशत लगेज सम्बन्धित यात्रुले लिइसक्छन् । विमानस्थल २१ घण्टा सञ्चालनमा आएपछि सकारात्मक प्रभाव परेको छ ।
हाल एयर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ । हरेक दिन बिहान ६ बजे अगावै आन्तरिकतर्फबाट उडान गरिसक्ने व्यवस्था मिलाइएको छ । विगतमा विमानस्थल ६ बजे खुल्ने गरेकामा हाल बिहान ५ बजे नै खुल्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले उडान र अवतरणको चापमा समेत व्यवस्थापन गर्न बल पुगेको छ ।
विमानस्थल २१ घण्टा सञ्चालनमा आएपछि पछि लामो समय ‘होल्ड’ बस्नुपर्ने बाध्यतासमेत हटेको छ । कहिलेकाहीँ सामान्य प्राविधिक समस्याका कारण उडान तलमाथि हुने विषय फरक भए पनि विमानस्थललाई व्यावसायिक र यात्रुमैत्री बनाउन हदैसम्मको प्रयास गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।
निजी वायु सेवा कम्पनीलाई उडान अनुमतिपत्रमा गरिएको व्यवस्थाअनुसार नै क्षेत्रीय विमानस्थलमा पार्किङ गर्नुपर्ने नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याइएको छ । केही विमान सेवा प्रदायकले त्यस्तो प्रक्रिया शुरु गरिसकेका छन् ।
विमानस्थल सुधारमा भइरहेको प्रयासबारे पर्यटनमन्त्री अधिकारीले विमानस्थलका पदाधिकारीलाई धन्यवादसमेत दिनुभएको छ ।
महाप्रबन्धक क्षेत्रीले भन्नुभयो, “आज मन्त्री अधिकारीले टेलिफोन विमानस्थलमा जे जति सुधार देखिएको छ, त्यसप्रति धन्यवाद दिनुभयो । अझै इमान्दार भएर जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ । यसले हामीलाई थप उत्साहित बनाएको छ ।”
हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक झण्डै ४०० उडान र अवतरण हुने गरेको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालमा ल्याउने तयारी पनि गरिरहेको छ । यस्तै विमानस्थलको धावनमार्ग सुधार तथा अन्य व्यवस्थापनका कामलाई समेत पहिलो प्राथमकितामा राखेको छ ।
धावनमार्गको कालोपत्र उप्कने तथा कहिलेकाहीँ देखिने समस्या समाधानका लागि मन्त्रालय र विमानस्थलले पनि समयमै ध्यान दिने र आवश्यक सुधार गर्न आवश्यक प्रक्रियासमेत अगाडि बढाएको छ ।
Tuesday, July 17, 2018
नेपालमै भित्रियो प्रति केजि ६ लाख पर्ने ट्रोफल : दिन थाल्यो फल ! के हो ट्रोफल ?….पुरा बिवरण हेरी सियर गर्दै जानुहोस्
काठमाडौ । युरोपियन देशहरुमा खेती गरिदै आएको ट्रोफल नेपालमा भित्रिएको छ । यो एउटा रुख हो । यसको हाँगामा फल फल्दछ भने जमिन मुनी जरामा ढुंसी फल लाग्छ । यही जमिनमुनी लागेको ढुंसी फल नै ट्रोफल हो । यसलाई सञ्जीवनी बुटी पनि मानिन्छ । युरोप तथा अमेरिकामा १ केजीको ५ लाखसम्म पर्छ । यसको खेती चिसोहावापानी मा गर्न सकिन्छ । नेपालमा यसको खेती भने अनुसन्धानमै रहेको छ । यो विरुवालाई नेपाल भित्राउने काम भने त्रिभुवन विश्वविद्यालय र जनकम्युनको सहकार्यमा नेपाल भित्रीएको हो । आज भन्दा ६ वर्ष अघि नेपाल भित्रिएको यस विरुवाले अहिले फल दिन थालेको छ । यसको खेती नेपालको पहाडी भु भागमा गर्न सकिन्छ । तथापी जव यस विरुवाको उत्पादन आउछ र बजार पाउँछ अनि भने बल्ल नेपालमा खेती सम्भाब्यता बारे प्रमाणित हुन्छ ।
राजकुमार रोका मगर
अहिले भने यसको ब्यावसायिक खेती भने नेपालमा कहि कतै भएको पाइदैन केवल २०० बोट बाहेक यसको खेती नेपालको पहाडी भुभागमा गर्न सके र यसको उत्पादन लिन सके नेपालीको भविश्य साच्चै नै उच्च राख्दछ । नेपाली पाखाहरु धेरै खाली तथा वाझा छन विश्वमा अत्यन्त महगां तथा महत्वपूर्ण बनस्पति हरु छन यीनको पहिचान र खेती गर्न सके नेपाल र नेपालीको भविश्व उज्वल देखिन्छ ।
लायत, फ्रान्स र स्पेनमा हुने बहुमूल्य ट्रोफल खेती रोल्पा जिल्लाको थवाङमा भइरहेको छ । ट्रोफल रूख भइकन पनि जमीनमुनि जरामा वास्नादार ढुंसी फल लाग्छ, जसलाई सञ्जीवनी बुटी मानिन्छ। यूरोप–अमेरिकामा एक किलो ट्रोफललाई रु ६ लाखसम्म पर्छ। त्रिभुवन विश्वविद्यालय र अजम्बरी जनकम्युनको सहकार्यमा ६ वर्ष अघि नेपाल भित्रिएको ट्रोफल थवाङमा राम्ररी हुर्किरहेको छ। रोपिएका ३०० बिरुवामध्ये २०० बोट फल्न थालेका छन्।
राजकुमार रोका मगर
शुरूदेखि नै ट्रोफल वगानको रेखदेख गरिरहेका राजकुमार रोका मगर (५९) ले अहिलेसम्मको अवस्थाले ट्रोफलको लागि रोल्पा उपयुक्त देखिएको बताए। “यहाँ सफल भयो भने चुनढुंगा भएका नेपालभरका पहाडमा यो हुन्छ भनेर बुझनुहोस्”, उनले भने। लगनशील, आशावादी र हँसमुख उनीसँगको भेटले थवाङसम्मको कठिन यात्रालाई रोचक बनाइदिन्छ। सदरमुकाम लिवाङबाट बर्खेझ्रीमा धवाङ, लाटावाङ, टुटु, मिरुलहुँदै दुई दिनमा थवाङ पुग्दासम्म कम्तीमा एक किलो जुकाले टोक्यो होला, तर राजकुमारले ठूलो आशा, धैर्य र विश्वासका साथ स्याहारिरहेको काम हेर्दा र कुरा सुन्दा यात्राको सारा कष्ट हरायो।
काठमाडौंका नीतिनिर्माता ग्रामीण क्षेत्रमा अहोरात्र खट्ने यस्ता ट्रोफलु हरूको कुरा सुन्नुपर्दा र्झ्कोफर्को गर्छन्। गत वर्ष उनीहरूको कुरा सुनाउन जाँदा यो पंक्तिकारले राष्ट्रिय योजना आयोगमा अपमानित–लज्जित हुनुपर्यो। हाम्रा नीतिनिर्माताको चाख ठूल्ठूला कुरामा छ, साना कृषक, कृषि उद्यमी तथा इन्नोभेटरहरूको मनोबल बढाउनेमा छैन। नत्र, कृषिमा योजनाबद्ध लगानी भएको यतिका वर्षमा हाम्रो अवस्था यस्तै हुने थिएन।
जानी राखौ, बिवाह गर्दा आफ्नो जिवान साथीमा खोज्नु पर्ने यी गुणहरु, जसले गर्दा तपाइको जीवन शुखमय हुन् सक्छ !
वैवाहिक बन्धनमा बाँधिनुलाई हाम्रो सँस्कृतिमा धेरै महत्वपूर्ण मानिन्छ । जुनीभरको लागि एक अर्काको सुख दुःखमा साथ दिइ सँगै बाँच्ने सँगै मर्ने कसम खानुलाई नै बिवाह भनिदै आएको छ । पश्चिमा सँस्कृतिमा विवाहको केहि समयपश्चात नै सम्बन्ध विच्छेद गर्ने, विवाह नै नगरि लिभिङ टुगेदरमा बसेर बच्चा जन्माउने जस्ता चलनलाई सामान्य मानिए पनि हाम्रो नेपाली समाजमा भने अझै पनि विवाहको विशेष महत्व रहेको छ । त्यसैले विवाहलाई हाम्रो जिन्दगीको सबैभन्दा महत्वपूर्ण निर्णय मानिन्छ । वैवाहिक सम्बन्ध सुमधुर बनाउन पतिपत्नी दुवैले समयसँगै आइपर्ने विभिन्न किसिमका परिक्षाहरु सँगसँगै पार गर्नुपर्ने हुन्छ ।
वैवाहिक जीवन सफल बनाउन तपाईले आफ्नो सम्बन्धलाई गम्भिरतापूर्वक सोचेर त्यसमा सहभागी हुनुपर्छ । यसो गरेमा तपाईहरुले एक अर्कालाई छिटै बुझ्न सक्नुहुन्छ । एक अर्कासँग तालमेल मिलाउनुलाई वैवाहिक सम्बन्धमा सबैभन्दा कठिन परिक्षा मानिन्छ । तर तपाईले केहि ससाना कुरामा ध्यान दिनुभयो भने यो कठिन काम पनि तपाईले सजिलै पुरा गर्न सक्नुहुन्छ । त्यस्तै विवाहमा नभइनहुने अर्को सबैभन्दा महत्वपूर्ण कुरा भरोसा हो । कुनै पनि सम्बन्ध टिकाउन वा टुटाउनमा यसको नै हात हुन्छ । वैवाहिक सम्बन्धको सुरुवातमा अगाडि बढ्दै जाँदा दुई जनाबीचमा कस्तो सम्बन्ध हुन्छ भन्ने तपाईलाई थाहा नहुन सक्छ तर, केहि समयको अन्तरालमै तपाईले पक्कै पनि यसको सहि अनुमान लगाउन सक्नुहुन्छ । त्यसैले आफ्नो सम्बन्धलाई सफल बनाउन धेरै मेहनत गर्नुपर्छ । वैवाहिक जीवन सफल र सुमधुर बनाउनको लागि जो कोहिलाई पनि असल जीवनसाथीको खाँचो हुन्छ । असल जीवनसाथी छान्न धेरैलाई दोधार हुने गर्छ र सबैले सहि निर्णय लिन सक्दैनन् ।
आफ्नो भावी पतिको बारेमा जानु पर्ने कुराहरु:-
तपाई कुनै पुरुषलाई आफ्नो जीवन साथी बनाउने बारेमा सोचिरहनुभएको छ भने विवाह पहिले उनीहरुको साथमा केहि समय बिताउनुहोस । यसले तपाईलाई उसको बारेमा बुझ्ने मौका मिल्छ र दुवैजना एकअर्काको लागि कति सहि हुनुहुन्छ भनेर तपाईले थाहा पाउन सक्नुहुन्छ । आफू र पार्टनरको बीचको कम्प्याटिबिलिटी थाहा पाउन विवाह भन्दा पहिला यी ४ काम गर्नुहोस् जसले तपाईलाई आफ्नो वैवाहिक जीवन कस्तो हुनेछ भन्ने थाहा हुन्छ ।
१) आफ्नो रिस देखाउने:-
रिस देखाउनुहोस भन्दा साँच्चै नै फेरि रिसाएर तपाईले आफ्नो सम्बन्ध नै तोड्ने त हैन नी । तर, जब कुरा विवाहको आउँछ त्यतिखेर थोरै रीस देखाएर तपाईले अगाडिको मानिसको प्रेम जित्न सक्नुहुन्छ । र तपाई एकपटक उसको अगाडि रिसाएर हेर्नुहोस् र तपाई धेरै आक्रोशपूर्ण महिला हो भन्ने जस्तो देखाउनुहोस् । यसपछि पनि उ तपाईको साथमा रहन चाहन्छ वा चाहँदैन भन्ने हेर्नुहोस् । यदि उ फेरि पनि तपाईको साथमै हुन्छ भने यसको मतलब उ पुरै जिन्दगी तपाईसँग बिताउन चाहन्छ ।
२) सपिङ गर्न जाने:-
यसो गर्दा तपाईलाई उनीहरुको सहनशक्ति थाहा हुन्छ । विवाहपछि घरको आवश्यकताका सामान एकैसाथ किन्नुपर्छ तर यदि तपाई पहिले देखि नै यस्तो गर्नुहुन्छ भने उनीहरुलाई के मनपर्छ र के मनपर्दैन भन्ने तपाईलाई थाहा हुन्छ । यदि उसलाई यो सब मन पर्दैन भने उसले तपाईसँग सामान किन्न नजाने बहाना बनाउन सक्छ र तपाईले एक्लै यो काम गर्न पर्छ । त्यस्तै तपाईलाई विवाह पछि उसले यस्तो काममा साथ दिन्छ कि दिँदैन भन्ने थाहा हुन्छ ।
३) आफ्नो गल्ती बताउनुहोस्:-
उसलाई तपाईको रहस्यलाई राम्रोसँग लुकाउन आउनुपर्छ । यदि तपाईको कुनै रहस्य छ भने त्यसलाई एकपटक उसको सामु व्यक्त गरेर हेर्नुहोस् । यदि तपाई उ सँग विवाह गर्न चाहुनुहुन्छ भने उसलाई तपाईको रहस्यको बारेमा थाहा हुन पर्छ । तपाईले आफ्नो रहस्य बताएपछि उसले पनि आफ्नो जीवनको रहस्य बतायो भने तपाईले उसलाई विश्वास गर्न सक्नुहुन्छ ।
४) रुने बानी देखाउने:-
उसले तपाईलाई कम्तिमा पनि एकपटक रोएको देख्नु जरुरी हुन्छ । यसले तपाईप्रति उसको केयरिङ स्वभावको बारेमा थाहा हुन्छ । यसो गर्दा तपाई दुखी हुनुहुन्छ भने यसले उसलाई कुनै पनि फरक पर्छ वा पर्दैन भन्ने थाहा पाउन सक्नुहुन्छ । यस्तो गर्नु उनीहरुको सहानुभूती र दयालुपनको परिक्षण गर्ने पनि तरिका हो ।
यदि उसले यी सबै कुराको टेस्ट पास गर्यो भने उ जति उचित श्रीमान अरु कोहि नि हुन् । त्यस व्यक्तिसँग बिवाह गर्दा तपाइको पारिवारिक जीवन राम्रो हुन्छ र उसँग कहिले पनि मन मुटाप हुने अवस्था आउदैन । सधै भरि तपैहरुको जीवन सफलतातिर लम्किन्छ ।a
हार्दिक श्रद्धाञ्जली बाजुरामा घट्यो दुखद घटना...बिजुलिको क्षमतालाई कहिले सानो नसोचौ.. सानो सोच्नुको नतिजा यस्तै हुन्छ.... जनचेतनाको लागी कृपया एक share गर्नुहोला
हार्दिक श्रद्धाञ्जली बाजुरामा घट्यो दु:खद घटना जनचेतनाको लागी कृपया एक share गर्नुहोला यहि असाढ २९ गते सुक्रबारका दिन बाजुरा जिल्ला जगन्नाथ गाँउपालिका वडा नं १ मा बस्ने अन्दाजि ३४ बर्ष उमेर भयका
अति मिलनसार समाजसेवि दुर्ग बिष्टकाे बेलुका ४ बजेतिर बिजुलिकाे पाेल चढेर लाईन बनाउदै गर्दा यक्कासि कर्मचारिले पावर हाउस बाट बत्ति अन गर्दा साे दुर्ग बिष्टकाे करिब ५/७ मिनेट पाेलमा करेन्टले समातेर जब मान्छे मरे पछि मात्र छाेडेकाे छ। र फेरि अाउदा दिनमा सबैमा जन चेतना जागाेस यस्ता खबर सुन्न नपराेस भगवान! मृत अात्माले सान्ति पाअाेस,,, हार्दिक श्रद्धाञ्जली
चार वर्ष देखी श्रीमानले ड्राइभिंग गर्ने र श्रीमतीले खलासी , विदेशबाट फर्किएर किनेका थिए गाडी
काठमाडौं । विदेश जाने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको छ। नेपालमा काम गर्न पछि हट्ने व्यक्तिहरु विदेशमा जस्तोसुकै मेहनत गर्न तयार हुन्छन्। दिलबहादुर वाइबा पैसा कमाउने सपना बोकेर विदेश गएका थिए। त्यहाँ ड्राइभिंगको काम गरेका उनले पैसा कमाए पनि, तर विदेशमा बसिरहने चाहना जागेन।
दिलबहादुरले दुबईबाट फर्किएर बस किने। त्यसपछि उनले आफैले ड्राइभिंग गर्न थाले र श्रीमती लक्ष्मी वाइबाले खलासीको काम गर्न थालिन्। दुवै जनाको लागि रोजगारी हुने, खर्च बच्ने र विश्वसनीय हुने हुनाले श्रीमानले ड्राइभिंग र श्रीमतीले खलासीको काम गर्न थाले। उनीहरुले यसरी काम गर्न थालेको चार वर्ष भइसकेको छ।
बसमा चढ्ने कतिपय यात्रुले श्रीमान श्रीमती मिलेर गरेको यो काम देखेर प्रशंसा गर्ने गरेको उनीहरु बताउँछन्। श्रीमान श्रीमती नै आफ्नो काम र कमाइ देखि सन्तुष्ट छन्। विदेशमा परिवार देखि टाढा रहेर दिन रात खट्नु भन्दा आफ्नै देशमा परिवार संगै बसेर र श्रीमतीसंग मीलेर काम गर्नुमा खुशी लागिरहेको दिलबहादुर बताउँछन्।
केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न माग काठमाडौँ, ३१ असार : नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली व्यवसायलाई केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वमा आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर रसुवाका जनतालाई मात्र पास उपलब्ध गराउँदै आएको सरकारले देशैभरिका व्यवसायीलाई एकदिने पासको व्यवस्था मिलाउन माग गरेको हो ।
यस्तै महासंघले भन्सारमा सहज रुपमा व्यवसायीको पहुँच हुनुपर्ने, व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने, तातोपानी नाका तत्काल खुलाउनुपर्नेलगायत मागसमेत गरेको छ ।
ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले व्यवसायीले राखेका माग सकारात्मक भएको भन्दै उक्त माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “नेपालको परराष्ट्र हेर्ने टोली र चीनको परराष्ट्र हेर्ने टोलीबीच भन्सारका विषयमा छलफल भइरहेको छ, छिट्टै सकारात्मक नतिजा आउनेछ”, उहाँले भन्नुभयो ।
यसअघि महासंघको टोलीले केरुङ नाकाको अवलोकन गरी नेपाली व्यवसायीले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएको थियो ।
२ मिनेट समय दिएर सबै जनाले पढौ अनि झर्को नमानी शेयर गरि दिनुहोला –
२ मिनेट दियर सबैजना ले पढौ अनि झर्को नमानी शेयर गरिदिनुहोला । यो लेख कपि गरेको हु ।। नाम भेटिन कसले लेख्नु भएको भनेर तर उहालाइ सलाम छ मेरो ।
दुनिया पत्नीको मजाक उडाउँछन्
श्रीमती शिर्षकमा लेखिएका कैयौं घटिया एस एम एस ग्रूपहरूमा पठाउने गर्दछन् । वहाँहरू सबैलाई एउटी पत्नीको सरल प्रश्न आफ्नो पतिलाई !
देह मेरो हल्दी तिम्रो नामको, हत्केला मेरो मेहेंदी तिम्रो नामको , शिर मेरो चूनरी तिम्रो नामको, सिउँदो मेरो सिन्दूर तिम्रो नामको, निधार मेरो टिका तिम्रो नामको, नाक मेरो नत्थी तिम्रो नामको, गला मेरो मंगलसुत्र तिम्रो नामको, नाडी मेरो चूराहरू तिम्रो नामको, पाऊ मेरो पाउजू तिम्रो नामको, औंलाहरू मेरो औंठी तिम्रो नामको !
ठूला मानिसलाई ढोगौं म, “सौभाग्यवती भएस” आसिश तिम्रो नामको
तिज ब्रत र अरू सबै ब्रतहरू तिम्रै नामको यति सम्म कि कोख मेरो, दूध मेरो, खून मेरो अनि बच्चा ???? बच्चा तिम्रो नामको ! घरको ढोकामा लगाईएको “नेम प्लेट” तिम्रो नामको ! यति सम्म त ठिकै थियो…. मेरो आफ्नो नामको सम्मुख लेखिएको गोत्र पनि मेरो होइन तिम्रै नामको….! सबथोक त तिम्रै नामको….. आखिर तिमीसँग के छ मेरो नामको …?????
एउटी केटी बिहे गरेर घर गई, हिजोकी केटी अब आज बुहारी भई, हिजो मोजमस्ती गरिरहेकी केटी अब, पराईघरको सेवामा लागि…., हिजोसम्म टिसर्ट र जिन्स लगाउने केटी, अब सारी लगाउन जान्ने भई, निलनदी झैं बगिरहेकी केटी अब पराई घरको नीर मात्र भई, दिन दिनै रमाइलोमा खर्च गर्ने बानी, अब सागसब्जी बजारमा भाउ कस्न जान्ने भई, हिजोसम्म “full speed” स्कूटी चलाउने केटी
अब बाइकमा पछाडी बस्न सिकी… हिजोसम्म तीन पटक पूरा खाना खाने केटी, अाज पराई घरमा तीन पटक खाना बनाउन थाली, हमेशा जिद्दी गर्ने केटी, अब लोग्नेको इच्छा सोध्ने बानी सिकी, हिजोसम्म आमालाई काम लगाउने केटी, आज सासुको काम गर्न थाली, हिजोसम्म भाइ-बहिनीसँग झगडा गर्ने केटी, आज नन्द र देवरलाई सम्मान गर्न सिकी, पापाको आँखाकी नानी, अब ससूराको गिलासको पानी बनी., यो सबै त्याग र समर्पण मात्र केटीहरू गर्न सक्छन् !
मोबाईल टुटफुट वा हराएमा ‘मेरो सुरक्षाले’ नयाँ मोबाइल दिने! तर कसरी?
मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ? अब ढक्क हनहोस, चिन्ता लिनु पर्देन, तपाईको मोबाइलको रक्षामेरो सुरक्षाले गर्ने भएको छ । नेपालमै पहिलो पटक सञ्चालनमा आएकोमोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको हो ।
मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि “ुमेरो सुरक्षा स्मार्टफोनको गर्छरक्षा”नामक योजना सुरु गरेको छ । मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरगत नयाँ मोबाइल पाउने छन् । साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइलसेट उपलब्ध गराई टेन्सन मक्क्त जीवनमा सहयोग गर्नेछ।कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवाारले बताए ।
‘अहिलेको आधुनिक युगमा स्मार्टफोन अनिवार्य बनिसकेको छ । व्यस्त दैनिकीमा स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ । जसले गर्दा प्रयोगकर्तालाई डाटाका साथै ठूलो नोक्सान हुनसक्छ ।
यसलाई ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान सुरु गरेको हो । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले भने ।यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ ।
प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ । प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टू डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाले जनाएको छ ।
यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र अर्को नयाँ मोबाइल पाउने छन् । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।
Cartoon Crews:- सरोज ओलीको गीतमा फेरि सँगै देखिए कार्टुन्ज क्रु र प्रियंका (भिडियो सहित)
कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् ।
आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन् । साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ । भिडियोम उनको छोटो भुमिका छ ।गीतमा गायक सरोज ओली र स्मिता दाहालले आवाज दिएका छन् । दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन् । उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।
मलेसिया रोजगारी: बेरोजगार र विपन्न युवासँग उठाईएको तीन अर्ब पुग्यो मलेसिया र हङकङ
काठमाडौं, १ साउन । पछिल्लो चार बर्षमा बेरोजगार र विपन्न युवासँग उठाईएको करिव तीन अर्ब रुपैयाँ मलेसिया र हङकङमा पुगेको पाईएको छ ।
तत्कालीन मलेसियन सरकारमा रहेका पहुँचवाला व्यक्तिसँगको सम्पर्कका आधारमा खडा गरिएका भिएलएन, बायोमेट्रिक, आईएससी र माईग्राम्स नामका संस्थाले विदेश जाने युवासँग रकम संकलन गरी मलेसिया र हङकङ पठाएका हुन् ।
सुरुका केही बर्ष मलेसियाको यएलटिआरए÷किराना एसडिएन बिएचडी कम्पनीका लागि हङकङ रकम पठाउने ती संस्था पछिल्ले दिनमा मलेसियामै रकम पठाउने गर्थे ।,आजको नागरिक दैनिकमा यो खबर छ
Monday, July 16, 2018
फिफा रेफ्री संघका सदस्यले नै भने- 'पेनाल्टी दिनु रेफ्रीको सबै भन्दा ठुलो गल्ति थियो, मलाई सारै अचम्म लाग्यो' (भिडियो)
When Antoine Griezmann‘s penalty rolled into the back of Danijel Subasic’s net, you could almost imagine the crashing cheers of fans in the Luzhniki echoed by the smashing of television screens around Croatia.

The spot kick, awarded by Argentinian referee Nestor Pitana, who overturned his original decision after watching a VAR replay, was given for a handball against winger Ivan Perisic. From the corner, the ball had unexpectedly passed Blaise Matuidi’s head and hit Perisic on the hand before going out of play. French players appealed the handball, complaints which Pitana initially refused to give audience.
However, after receiving a message via headset, Pitana journeyed to the sidelines to review the decision. After being shown slow-motion footage of the incident, the referee decided to overturn his original decision and award the penalty. Griezmann, who had already been the centre of controversy with the first French goal, passed the ball into the net after Subasic dived the wrong way.
Tuesday, July 3, 2018
मुग्लिन सडकमा पहिरो खस्दाखस्दै कैद भयो यस्तो डरलाग्दो दृश्य, यात्रुहरुले भागेर ज्यान जोगाए (भिडियो)
चितवन । माथिबाट पहिरो खसेको छ, तल डरलाग्दो भिर त्यस भन्दा तल त्रिशुली । गाडीको जाम छ जाने, भाग्नै कतै ठाउँ छैन । कल्पना गर्नुस् त्यो क्षण कस्तो होला ? मुग्लिन-नारायणगण सडकमा यात्रा गर्ने यात्रुको अवस्था ठ्याक्कै माथि वयान गरिएजस्तै हुन्छ । बाह्रैमास पहिरो खसेर हैरानी दिने यो सडकमा बर्खा लागेपछि त दिनैपिच्छे सडक अवरूद्ध हुन्छ । दैनिक हजारौं सवारी गुड्ने यो सडकमा यात्रुले खेप्ने सास्ति शब्दमा वयान गरेर सकिदैन ।
यो भिडियोमा लाइभ पहिरो र त्यो क्षेणमा सवारी एवं यात्रुको अवस्थालाई उतारिएको छ । खस्दै गरेका पहिरो र त्यसको तल सवारी साधन एवं यात्रुको भागाभागको अवस्था हेर्नुस् यो भिडियोमा ।
Subscribe to:
Posts (Atom)