काठमाडौं । विदेश जाने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको छ। नेपालमा काम गर्न पछि हट्ने व्यक्तिहरु विदेशमा जस्तोसुकै मेहनत गर्न तयार हुन्छन्। दिलबहादुर वाइबा पैसा कमाउने सपना बोकेर विदेश गएका थिए। त्यहाँ ड्राइभिंगको काम गरेका उनले पैसा कमाए पनि, तर विदेशमा बसिरहने चाहना जागेन।
दिलबहादुरले दुबईबाट फर्किएर बस किने। त्यसपछि उनले आफैले ड्राइभिंग गर्न थाले र श्रीमती लक्ष्मी वाइबाले खलासीको काम गर्न थालिन्। दुवै जनाको लागि रोजगारी हुने, खर्च बच्ने र विश्वसनीय हुने हुनाले श्रीमानले ड्राइभिंग र श्रीमतीले खलासीको काम गर्न थाले। उनीहरुले यसरी काम गर्न थालेको चार वर्ष भइसकेको छ।
बसमा चढ्ने कतिपय यात्रुले श्रीमान श्रीमती मिलेर गरेको यो काम देखेर प्रशंसा गर्ने गरेको उनीहरु बताउँछन्। श्रीमान श्रीमती नै आफ्नो काम र कमाइ देखि सन्तुष्ट छन्। विदेशमा परिवार देखि टाढा रहेर दिन रात खट्नु भन्दा आफ्नै देशमा परिवार संगै बसेर र श्रीमतीसंग मीलेर काम गर्नुमा खुशी लागिरहेको दिलबहादुर बताउँछन्।
केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न माग काठमाडौँ, ३१ असार : नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली व्यवसायलाई केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वमा आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर रसुवाका जनतालाई मात्र पास उपलब्ध गराउँदै आएको सरकारले देशैभरिका व्यवसायीलाई एकदिने पासको व्यवस्था मिलाउन माग गरेको हो ।
यस्तै महासंघले भन्सारमा सहज रुपमा व्यवसायीको पहुँच हुनुपर्ने, व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने, तातोपानी नाका तत्काल खुलाउनुपर्नेलगायत मागसमेत गरेको छ ।
ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले व्यवसायीले राखेका माग सकारात्मक भएको भन्दै उक्त माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “नेपालको परराष्ट्र हेर्ने टोली र चीनको परराष्ट्र हेर्ने टोलीबीच भन्सारका विषयमा छलफल भइरहेको छ, छिट्टै सकारात्मक नतिजा आउनेछ”, उहाँले भन्नुभयो ।
यसअघि महासंघको टोलीले केरुङ नाकाको अवलोकन गरी नेपाली व्यवसायीले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएको थियो ।
No comments:
Post a Comment