watch first and then search

watch first and then search

Tuesday, July 17, 2018

जानी राखौ, बिवाह गर्दा आफ्नो जिवान साथीमा खोज्नु पर्ने यी गुणहरु, जसले गर्दा तपाइको जीवन शुखमय हुन् सक्छ !



वैवाहिक बन्धनमा बाँधिनुलाई हाम्रो सँस्कृतिमा धेरै महत्वपूर्ण मानिन्छ । जुनीभरको लागि एक अर्काको सुख दुःखमा साथ दिइ सँगै बाँच्ने सँगै मर्ने कसम खानुलाई नै बिवाह भनिदै आएको छ । पश्चिमा सँस्कृतिमा विवाहको केहि समयपश्चात नै सम्बन्ध विच्छेद गर्ने, विवाह नै नगरि लिभिङ टुगेदरमा बसेर बच्चा जन्माउने जस्ता चलनलाई सामान्य मानिए पनि हाम्रो नेपाली समाजमा भने अझै पनि विवाहको विशेष महत्व रहेको छ । त्यसैले विवाहलाई हाम्रो जिन्दगीको सबैभन्दा महत्वपूर्ण निर्णय मानिन्छ । वैवाहिक सम्बन्ध सुमधुर बनाउन पतिपत्नी दुवैले समयसँगै आइपर्ने विभिन्न किसिमका परिक्षाहरु सँगसँगै पार गर्नुपर्ने हुन्छ ।

वैवाहिक जीवन सफल बनाउन तपाईले आफ्नो सम्बन्धलाई गम्भिरतापूर्वक सोचेर त्यसमा सहभागी हुनुपर्छ । यसो गरेमा तपाईहरुले एक अर्कालाई छिटै बुझ्न सक्नुहुन्छ । एक अर्कासँग तालमेल मिलाउनुलाई वैवाहिक सम्बन्धमा सबैभन्दा कठिन परिक्षा मानिन्छ । तर तपाईले केहि ससाना कुरामा ध्यान दिनुभयो भने यो कठिन काम पनि तपाईले सजिलै पुरा गर्न सक्नुहुन्छ । त्यस्तै विवाहमा नभइनहुने अर्को सबैभन्दा महत्वपूर्ण कुरा भरोसा हो । कुनै पनि सम्बन्ध टिकाउन वा टुटाउनमा यसको नै हात हुन्छ । वैवाहिक सम्बन्धको सुरुवातमा अगाडि बढ्दै जाँदा दुई जनाबीचमा कस्तो सम्बन्ध हुन्छ भन्ने तपाईलाई थाहा नहुन सक्छ तर, केहि समयको अन्तरालमै तपाईले पक्कै पनि यसको सहि अनुमान लगाउन सक्नुहुन्छ । त्यसैले आफ्नो सम्बन्धलाई सफल बनाउन धेरै मेहनत गर्नुपर्छ । वैवाहिक जीवन सफल र सुमधुर बनाउनको लागि जो कोहिलाई पनि असल जीवनसाथीको खाँचो हुन्छ । असल जीवनसाथी छान्न धेरैलाई दोधार हुने गर्छ र सबैले सहि निर्णय लिन सक्दैनन् ।

आफ्नो भावी पतिको बारेमा जानु पर्ने कुराहरु:-
तपाई कुनै पुरुषलाई आफ्नो जीवन साथी बनाउने बारेमा सोचिरहनुभएको छ भने विवाह पहिले उनीहरुको साथमा केहि समय बिताउनुहोस । यसले तपाईलाई उसको बारेमा बुझ्ने मौका मिल्छ र दुवैजना एकअर्काको लागि कति सहि हुनुहुन्छ भनेर तपाईले थाहा पाउन सक्नुहुन्छ । आफू र पार्टनरको बीचको कम्प्याटिबिलिटी थाहा पाउन विवाह भन्दा पहिला यी ४ काम गर्नुहोस् जसले तपाईलाई आफ्नो वैवाहिक जीवन कस्तो हुनेछ भन्ने थाहा हुन्छ ।

१) आफ्नो रिस देखाउने:-
रिस देखाउनुहोस भन्दा साँच्चै नै फेरि रिसाएर तपाईले आफ्नो सम्बन्ध नै तोड्ने त हैन नी । तर, जब कुरा विवाहको आउँछ त्यतिखेर थोरै रीस देखाएर तपाईले अगाडिको मानिसको प्रेम जित्न सक्नुहुन्छ । र तपाई एकपटक उसको अगाडि रिसाएर हेर्नुहोस् र तपाई धेरै आक्रोशपूर्ण महिला हो भन्ने जस्तो देखाउनुहोस् । यसपछि पनि उ तपाईको साथमा रहन चाहन्छ वा चाहँदैन भन्ने हेर्नुहोस् । यदि उ फेरि पनि तपाईको साथमै हुन्छ भने यसको मतलब उ पुरै जिन्दगी तपाईसँग बिताउन चाहन्छ ।

२) सपिङ गर्न जाने:-
यसो गर्दा तपाईलाई उनीहरुको सहनशक्ति थाहा हुन्छ । विवाहपछि घरको आवश्यकताका सामान एकैसाथ किन्नुपर्छ तर यदि तपाई पहिले देखि नै यस्तो गर्नुहुन्छ भने उनीहरुलाई के मनपर्छ र के मनपर्दैन भन्ने तपाईलाई थाहा हुन्छ । यदि उसलाई यो सब मन पर्दैन भने उसले तपाईसँग सामान किन्न नजाने बहाना बनाउन सक्छ र तपाईले एक्लै यो काम गर्न पर्छ । त्यस्तै तपाईलाई विवाह पछि उसले यस्तो काममा साथ दिन्छ कि दिँदैन भन्ने थाहा हुन्छ ।

३) आफ्नो गल्ती बताउनुहोस्:-
उसलाई तपाईको रहस्यलाई राम्रोसँग लुकाउन आउनुपर्छ । यदि तपाईको कुनै रहस्य छ भने त्यसलाई एकपटक उसको सामु व्यक्त गरेर हेर्नुहोस् । यदि तपाई उ सँग विवाह गर्न चाहुनुहुन्छ भने उसलाई तपाईको रहस्यको बारेमा थाहा हुन पर्छ । तपाईले आफ्नो रहस्य बताएपछि उसले पनि आफ्नो जीवनको रहस्य बतायो भने तपाईले उसलाई विश्वास गर्न सक्नुहुन्छ ।

४) रुने बानी देखाउने:-
उसले तपाईलाई कम्तिमा पनि एकपटक रोएको देख्नु जरुरी हुन्छ । यसले तपाईप्रति उसको केयरिङ स्वभावको बारेमा थाहा हुन्छ । यसो गर्दा तपाई दुखी हुनुहुन्छ भने यसले उसलाई कुनै पनि फरक पर्छ वा पर्दैन भन्ने थाहा पाउन सक्नुहुन्छ । यस्तो गर्नु उनीहरुको सहानुभूती र दयालुपनको परिक्षण गर्ने पनि तरिका हो ।

यदि उसले यी सबै कुराको टेस्ट पास गर्यो भने उ जति उचित श्रीमान अरु कोहि नि हुन् । त्यस व्यक्तिसँग बिवाह गर्दा तपाइको पारिवारिक जीवन राम्रो हुन्छ र उसँग कहिले पनि मन मुटाप हुने अवस्था आउदैन । सधै भरि तपैहरुको जीवन सफलतातिर लम्किन्छ ।a

No comments:

Post a Comment

watch first and then search