watch first and then search

watch first and then search

Sunday, January 1, 2017

जिरीको आसपासमा हिमपात, जनजीवन प्रभावित



दोलखा । दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा आज दिउँसोबाट हिमपात सुरु भएको छ ।



जिरी बजारबाट माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भए पनि अहिले पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिरी क्षेत्रको चिसोले जनजीवनसमेत प्रभावित बनेको छ ।

पुनःनिर्माणको काम सुरु हुन नसक्दा चिसोका कारण अस्थायी टहरामा रहेका भूकम्पपीडित बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका हुन् । त्यस्तै रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको छ ।

सन २०१६ मा सम्झन भन्दा विर्सनलायक घटनाहरु अस्तित्वमा



काठमाडौं । सन् २०१६ मा विश्वको राजनीति, अर्थतन्त्र र सुरक्षाको दृष्टिकोणवाट त्यति सुखद रहेन । आतंकवादले आफ्ना पखेटा तीव्र गतिमा उचाल्दा अकल्पनीय प्राकृतिक तथा भौतिक क्षति हुन पुग्यो भने मध्य एसियाले चरम मानवीय सकंट व्यर्होन पुग्यो । विश्वका शक्ति राष्ट्रहरुका अर्थ टकराव झनै बढ्यो । जसले गर्दा विश्वको शक्ति सन्तुलन थप असन्तुलन बन्न पुग्यो । कतै अर्थतन्त्र डामाडोल भयो भने कतै भूकम्पले तहसनहस पा¥यो ।


२०१६ निकै तनावको वर्ष रह्यो । भूकम्पले आफु विश्वमा भ्रमणमा नै निस्के झै संकेत दियो । विभिन्न देशमा यसले निकै क्षति पनि पु¥यायो । सुरुवात देखि नै विभिन्न अफ्रिकन मुलुकहरुमा देखिएको जिका भाइरसका कारण दक्षिण अफ्रिकामा धेरैको ज्यान गयो ।

सिरियाको द्वन्दले गर्दा धेरै मानिसहरु घरवारविहीन भए भने धेरै आप्रवासीको रुपमा विभिन्न युरोपियन मुलुकहरुमा जाने क्रम हजारौले आफुलाई समुद्रमा समाहित गरे । आतंकवादको हमला पनि यो वर्ष रोकिएन ।

अफगानिस्तान, पेरिस, बेल्जियम, अमेरिकामा आतंकवादीहरुको हमलाले सयौंको ज्यान लियो । विश्व राजनीति पनि यो वर्ष त्यति फलदायी रहेन । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हिलारी क्लिन्टनको हार र डोनल्ड ट्रम्पको जितपछिको अमेरिकाले त्यति खुसी मनाउन सकेन । अझ नव निर्वाचित राष्ट्रपति ट्रम्पको विभिन्न अभिव्यक्तिका कारण सिंगो विश्वमा त्रास फैलियो ।

यता बेलायत युरोपियन युनियनबाट अलग भएको निर्णयसँगै विदेशी मुद«ामा आएको गिरावटले पनि यो वर्षको विश्व अर्थतन्त्र त्यति फलदायी देखिएन । यता दक्षिण कोरियामा राष्ट्रपति पार्क ग्यु हीमाथिको महाभियोगको विषयले विश्वको ध्यान खिच्यो । दक्षिण कोरियाकै छिमेकी देश उत्तर कोरियाको आणविक परिक्षणको विषयले अमेरिका रुस लगायत सिंगो विश्वलाई चिड्यायो ।

यता दक्षिण एसियामा पनि भारत र पाकिस्तानबीच भएको टकरावले युद्धको खतरा निम्त्याउदा क्षेत्रीय शान्तिमा नै प्रश्न चिन्ह उठायो । टर्कीमा भएको सैनिक कुको प्रयास समेत भयो । यता संयुक्त राष्ट्रसंघमा नयाँ महासचिवको नियुक्ति भए ।

त्यसैगरि थाइल्याण्डका राजाको निधन, क्युबाली राष्ट्रपति फ्युडल क्यास्टो निधनले विश्वलाई नै स्तब्ध तु्ल्यायो । चन्द्रमा पृथ्बीसंग नजिकिएको यस बर्ष अन्तरिक्ष जगतमा पनि बिभिन्न रहस्यहरु पत्ता लागे । सन् २०१६ लाई समग्रमा नियाल्दा विश्व परिवेशमा नकारात्मक घटनाक्रमहरु ज्यादा भए । विश्वमा शक्ति राष्ट्रहरुको ध्रवीकरणले गर्दा पनि विश्व असन्तुलित हुन पुग्यो ।

यसले पनि के देखाउछ भने विश्वले भोगिरहेको कुनै पनि चुनौतीको सामना गर्न शक्ति राष्ट्रहरु मिल्नुको विकल्प छैन् । आशा गरौं, नया बर्षमा विश्व शान्ति र स्थिरताको लागि विश्व समुदाय एकजुट हुनेछन् र गलत विषयबाट पाठ सिक्नेछन् ।

सरकारकै परस्त नीतिका कारण स्वदेशी औषधि उद्योगहरुलाई बजारको अभाव



काठमाडौं । सरकारले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिने नीति लिएको दावी गरे पनि व्यवहारमा भने त्यसो हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । सरकारले नै विदेशी कम्पनीलाई समेत मिल्नेगरी बोलपत्र आह्वान गरेर बिदेशी कम्पनीकै औषधि किनिरहेको औषधि उत्पादकहरु बताउँछन् ।


नेपालमा हाल सञ्चालनमा रहेका ४५ औषधि उद्योगले ७७ प्रकारका औषधि उत्पादन गर्छन् । तर नेपाली उद्योगका औषधिले यहाँको बजारको मुस्किलले ४० प्रतिशत मात्रै हिस्सा ओगटेको छ । तर विदेशका दुईसयभन्दा बढी कम्पनीले नेपालमा औषधि बेच्छन् । सरकारले पनि विदेशी कम्पनीलाई मिल्नेगरी बोलपत्र आह्वान गरेर बिदेशी कम्पनीकै औषधि किनिरहेको औषधि उत्पादकहरु बताउँछन् ।
नेपाली बजारमा वार्षिक १२ अर्ब रुपैयाँको औषधि खपत हुन्छ । सरकारले हरेक वर्ष ८० करोड रुपैयाँको औषधि किन्दा जम्मा नौ करोड रुपैयाँको मात्रै नेपाली औषधि खरिद गर्ने गरेको व्यवसायीहरु बताउँछन् ।

अभिनेत्री रेखाको आमा बन्ने रहर जाग्यो, मौका मिलेमा चाँडै बिहे पनि गर्ने

काठमाडौं । भर्खरै राप्रपा पार्टीमा प्रबेश गरेकी अभिनेत्री रेखा थापाले आमा बन्न रहर जागेको बताएकी छन् । पछिल्लो समय पार्टी परिवर्तन गर्दै चर्चामा छाएकी अभिनेत्री थापाले राप्रपा नेपालको एक कार्यक्रममा बोल्दै आमा बन्ने रहर जागेको कुरा बताएकी हुन् ।अभिनेत्री थापा नायिका बनेर मात्र महिलाको मुद्दा उठाउन असहज भएको हुँदा राजनीतिमा सक्रिय भएकी बताईन् । अब राजनैतिक अभिनेत्री बन्ने उनको भनाई छ ।
यति मात्र नभएर उनले विवाह गर्ने समय पनि आएको बताईन् । साथै मौका आएमा केही वर्षमा बिबाह समेत गर्ने उनको तर्क थियो ।
पछिल्लो पार्टी राप्रपा नेपालमा प्रवेश गरे सँगै उनको फिल्म क्षेत्र भन्दा पनि राजनिती क्षेत्रमै बढि सक्रिय हुन थालेकी छन् ।

watch first and then search