watch first and then search

watch first and then search

Sunday, January 1, 2017

सरकारकै परस्त नीतिका कारण स्वदेशी औषधि उद्योगहरुलाई बजारको अभाव



काठमाडौं । सरकारले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिने नीति लिएको दावी गरे पनि व्यवहारमा भने त्यसो हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । सरकारले नै विदेशी कम्पनीलाई समेत मिल्नेगरी बोलपत्र आह्वान गरेर बिदेशी कम्पनीकै औषधि किनिरहेको औषधि उत्पादकहरु बताउँछन् ।


नेपालमा हाल सञ्चालनमा रहेका ४५ औषधि उद्योगले ७७ प्रकारका औषधि उत्पादन गर्छन् । तर नेपाली उद्योगका औषधिले यहाँको बजारको मुस्किलले ४० प्रतिशत मात्रै हिस्सा ओगटेको छ । तर विदेशका दुईसयभन्दा बढी कम्पनीले नेपालमा औषधि बेच्छन् । सरकारले पनि विदेशी कम्पनीलाई मिल्नेगरी बोलपत्र आह्वान गरेर बिदेशी कम्पनीकै औषधि किनिरहेको औषधि उत्पादकहरु बताउँछन् ।
नेपाली बजारमा वार्षिक १२ अर्ब रुपैयाँको औषधि खपत हुन्छ । सरकारले हरेक वर्ष ८० करोड रुपैयाँको औषधि किन्दा जम्मा नौ करोड रुपैयाँको मात्रै नेपाली औषधि खरिद गर्ने गरेको व्यवसायीहरु बताउँछन् ।

No comments:

Post a Comment

watch first and then search