काठमाडौं । सन् २०१६ मा विश्वको राजनीति, अर्थतन्त्र र सुरक्षाको दृष्टिकोणवाट त्यति सुखद रहेन । आतंकवादले आफ्ना पखेटा तीव्र गतिमा उचाल्दा अकल्पनीय प्राकृतिक तथा भौतिक क्षति हुन पुग्यो भने मध्य एसियाले चरम मानवीय सकंट व्यर्होन पुग्यो । विश्वका शक्ति राष्ट्रहरुका अर्थ टकराव झनै बढ्यो । जसले गर्दा विश्वको शक्ति सन्तुलन थप असन्तुलन बन्न पुग्यो । कतै अर्थतन्त्र डामाडोल भयो भने कतै भूकम्पले तहसनहस पा¥यो ।

२०१६ निकै तनावको वर्ष रह्यो । भूकम्पले आफु विश्वमा भ्रमणमा नै निस्के झै संकेत दियो । विभिन्न देशमा यसले निकै क्षति पनि पु¥यायो । सुरुवात देखि नै विभिन्न अफ्रिकन मुलुकहरुमा देखिएको जिका भाइरसका कारण दक्षिण अफ्रिकामा धेरैको ज्यान गयो ।
सिरियाको द्वन्दले गर्दा धेरै मानिसहरु घरवारविहीन भए भने धेरै आप्रवासीको रुपमा विभिन्न युरोपियन मुलुकहरुमा जाने क्रम हजारौले आफुलाई समुद्रमा समाहित गरे । आतंकवादको हमला पनि यो वर्ष रोकिएन ।
अफगानिस्तान, पेरिस, बेल्जियम, अमेरिकामा आतंकवादीहरुको हमलाले सयौंको ज्यान लियो । विश्व राजनीति पनि यो वर्ष त्यति फलदायी रहेन । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हिलारी क्लिन्टनको हार र डोनल्ड ट्रम्पको जितपछिको अमेरिकाले त्यति खुसी मनाउन सकेन । अझ नव निर्वाचित राष्ट्रपति ट्रम्पको विभिन्न अभिव्यक्तिका कारण सिंगो विश्वमा त्रास फैलियो ।
यता बेलायत युरोपियन युनियनबाट अलग भएको निर्णयसँगै विदेशी मुद«ामा आएको गिरावटले पनि यो वर्षको विश्व अर्थतन्त्र त्यति फलदायी देखिएन । यता दक्षिण कोरियामा राष्ट्रपति पार्क ग्यु हीमाथिको महाभियोगको विषयले विश्वको ध्यान खिच्यो । दक्षिण कोरियाकै छिमेकी देश उत्तर कोरियाको आणविक परिक्षणको विषयले अमेरिका रुस लगायत सिंगो विश्वलाई चिड्यायो ।
यता दक्षिण एसियामा पनि भारत र पाकिस्तानबीच भएको टकरावले युद्धको खतरा निम्त्याउदा क्षेत्रीय शान्तिमा नै प्रश्न चिन्ह उठायो । टर्कीमा भएको सैनिक कुको प्रयास समेत भयो । यता संयुक्त राष्ट्रसंघमा नयाँ महासचिवको नियुक्ति भए ।
त्यसैगरि थाइल्याण्डका राजाको निधन, क्युबाली राष्ट्रपति फ्युडल क्यास्टो निधनले विश्वलाई नै स्तब्ध तु्ल्यायो । चन्द्रमा पृथ्बीसंग नजिकिएको यस बर्ष अन्तरिक्ष जगतमा पनि बिभिन्न रहस्यहरु पत्ता लागे । सन् २०१६ लाई समग्रमा नियाल्दा विश्व परिवेशमा नकारात्मक घटनाक्रमहरु ज्यादा भए । विश्वमा शक्ति राष्ट्रहरुको ध्रवीकरणले गर्दा पनि विश्व असन्तुलित हुन पुग्यो ।
यसले पनि के देखाउछ भने विश्वले भोगिरहेको कुनै पनि चुनौतीको सामना गर्न शक्ति राष्ट्रहरु मिल्नुको विकल्प छैन् । आशा गरौं, नया बर्षमा विश्व शान्ति र स्थिरताको लागि विश्व समुदाय एकजुट हुनेछन् र गलत विषयबाट पाठ सिक्नेछन् ।
No comments:
Post a Comment