watch first and then search

watch first and then search

Sunday, November 13, 2016

सवारी दुर्घटनामा परी ५५ वर्षीय अर्यालको मृत्यु



नवलपरासी, २८ कात्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुलीमा आज भएको सवारी दुर्घटनमा परी स्थानीयवासी ५५ वर्षीय कृष्णप्रसाद अर्यालको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ त १५३६ नंको ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका अर्यालको उपचारार्थ भरतपुर चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

गर्भवती महिलाले कफी पिउँदा बच्चामा ब्लड क्यान्सरको खतरा



गर्भवती महिलाले नियमित रुपमा कफि पिउदा ख्याल गर्नु पर्दछ । किनकी तपाइँले कफी पिउँदा तपाइँको गर्भमा रहेको बच्चामा रक्त क्यान्सरको खतरा बढ्ने एक अध्यायनले देखाएको छ ।

वैज्ञानिक अनुसन्धानले गर्भवती महिलाले दिनमा कम्तिमा २ कप कफी पिउने गर्नाले गर्भको बच्चा जन्मिएपछि बाल्यकालमा रक्त क्यान्सरको चपेटामा पर्ने जोखिम उच्च रहने तथ्य पत्ता लगाएको हो ।
साथै शोधकर्ताहरुले विश्वका सरकारहरुले गर्भवती महिलालाई गर्भावस्थामा धूमपान र मध्यपान नगर्न सचेत गराइएजस्तै बढि कफी समेत नपिउन सचेत गराउनुपर्ने सुझाव दिएका छन् ।

कफीमा हुने क्याफाइन नामक रसायनले भ्रुणको सरीरको कोषमा हुने डिएनए मा अनपेक्षित परिवर्तन गराउने र त्यसो गर्दा ट्युमर विकशित हुने जोखिम उच्च हुन्छ ।

अहिलेसम्म यस विषयमा गरिएका विभिन्न २० वटा अध्ययनका नतिजा समेत विश्लेषण गर्दै शोधकर्ताहरुले भनेका छन्, गर्भावस्थामा महिलाले कफी पिउँदा बच्चामा ल्युकेमिया अर्थात् रक्त क्यान्सरको जोखिम २० प्रतिशतले बढ्छ । अझ दिनमा २ कप भन्दा बढि कफी पिउँदा बच्चामा क्यान्सरको जोखिम ६० प्रतिशत हुने शोधकर्ताहरुले बताएका छन् । त्यस्तै दिनमा ४ कप कफी पिउने गर्भवती महिलाका बच्चामा रक्त क्यान्सरको जोखिम ७२ प्रतिशतले बढ्ने अमेरिकन जर्नल अफ अब्स्टेट्रिक्स एण्ड गाइनेकोलोजीमा प्रकाशित अध्ययनले देखाएको छ ।

तर बेलायती क्यान्सर विशेषज्ञ डेनिस हेन्शले भने गर्भवती महिलालाई कफीको सेवन पूरै त्याग्न सल्लाह दिनुको साटो दिनको दुइ कप भन्दा कम वा कहिलेकाहीँ कफी पिउन सल्लाह दिनुपर्ने तर्क गर्छन् । दुइ कप कफि पिउँदा रक्त क्यान्सरको जोखिम ६० प्रतिशतले बढ्ने तथ्य निकै उल्लेखनीय रहेको उनी बताउँछन् ।
पछिल्लो समयमा बालबालिकामा रक्त क्यान्सरको दर बढ्दै जानुमा गर्भवती महिलाले कफी पिउनु मात्र मुख्य कारक तत्व हो वा अन्य वातावरणीय तत्व पनि जिम्मेवार छन् भन्ने विषयमा थप अनुसन्धानको आवश्यकता रहेको तर्क छ ।

टिकटका लागि ट्राभल एजेन्सी धाउनुपर्ने झन्झट चाडै हट्ने,वायुसेवा निगमको टिकट बुकिङ अनलाइनबाटै हुने





काठमाडौं ,२८ कात्तिक– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले यसैवर्षभित्र अनलाइन टिकट बुकिङ सुरु गर्ने भएको छ ।

अनलाइन टिकट बुकिङ सिस्टम बनाउन र व्यवस्थापन गर्न दुई विदेशी कम्पनीले जिम्मा पाएका छन् र अबको ५ महिनाभित्र अनलाइन टिकेटिङ सुरु हुने बायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए । नेपाल यएरलाइन्सको तीन वर्षे सुधार कार्ययोजना अन्तरगत यो योजनालाई पनि समावेश गरेको थियो । सफ्टवेयर बनाउन एक भारतीय र पेमेन्ट गेटवेका लागी थाइ कम्पनीलाई टेण्डर अवार्ड गरिएको उनले जानकारी दिए ।

उनकाअनुसार यो सेवा सुरु भएपछि एनएसीका बिमानको टिकट घरमै बसेर अनलाइनमार्फत ग्राहकले सीधै बुक गर्न सक्नेछन् । क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरेर अनलाइनमै निगमका जाहाजको टिकट बुकिङ गर्न सकिने उनले बताए । अहिले धेरै एयरलाइन्स कम्पनीले इ–टिकेटिङ सिष्टम लागू गरिसके पनि एनएसीले परम्परागत रुपमै टिकट बिक्री गर्दै आइरहेको छ । जहाजको एउटा टिकट लिनका लागि ट्राभल एजेन्सी वा एनएसीको कार्यालय धाउनुपर्ने वा ट्राभल एजेन्सीमार्फत बुक गराउनुपर्ने बाध्यता छ । यसबाट यात्रुहरु ठगिनेसमेत गरेका छन् ।

एनएसीलाई प्रतिस्पर्धी बनाउनका लागि पनि अनलाइन टिकेटिङ सिष्टम लागू गर्नैपर्ने देखिएको कंशाकारले बताए । यसअघि अनलाइन टिकेटिङ सिष्टम लागू हुने बेलासम्म फ्रिक्वेन्ट फ्लायर माइलेज कार्यक्रम कार्यान्वयनका लागि गृहकार्य शुरु गर्ने तयारी गरिएको थियो । यो कार्यक्रम लागू भएपछि एनएसीको कुनै पनि फ्लाइटमा जाँदा यात्रुले निश्चित अंक प्राप्त गर्नेछन् । यो अंक बढेर तोकिएको बिन्दूमा पुगेपछि यात्रुले निःशुल्क टिकट प्राप्त गर्न सक्म्ने गरी कार्यायोजना बनेको छ ।

अहिले एनएसीले दुईवटा बोइङ र दुईवटा एयरबसबाट विभिन्न गन्तव्यमा उडान भर्दै आइरहेको छ । निगमले दुईवटा वाइड बडी जहाज ल्याउँदैछ । जसबाट कोरिया, जापान, बेलायत, सिंगापुर हुँदै अष्ट्रेलिया, चीनका विभिन्न ठाउँमा उडान गर्ने तयारीमा छ ।

‘बलेफी ए’ आयोजनाको निर्माण सुरु



काठमाडौँ, २८ कात्तिक । विसं २०७५ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ‘बलेफी ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । हुवानिङ डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको सो आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न चारवटा बैंकको सहवित्तीयकरणमा रु चार अर्ब २५ करोड लगानी गर्ने सम्झौतासमेत भइसकेको छ । प्रालिका प्रबन्ध निर्देशक उमेश कसजुका अनुसार आयोजनामा ग्लोबल आइएमई बैंकले रु एक अर्ब २५ करोड, सानिमा बैंकले रु ९५ करोड, एभरेष्ट बैंकले रु ९५ करोड, एसबीआईले रु ७५ करोड र एनआडिसीले रु ५० करोड लगानी गर्नेसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ ।

सिन्धुपाल्चोकको गोल्छे गाविसमा बाँध बाँधेर बलेफी खोलाको पानीलाई चार हजार ३०० मिटर लामो सुरुङमार्फत सोही गाविसको बैकुण्ठे भन्ने स्थानमा विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत्लाई २२ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु सवस्टेसनमा जोडिनेछ । आयोजनाले जग्गा प्राप्ति एवम् पहुँच मार्ग निर्माणको काम सुरु गरिसकेको प्रबन्ध निर्देशक कसजुले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणसँग बर्खायाममा चार रुपैँया ८० पैसा र हिउँदमा आठ रुपैँया ४० पैसामा विद्युत् खरिद सम्झौता सम्पन्न गर्ने तयारीमा रहेको आयोजनाले स्थानीयबासीलाई न्यूनतम् १० प्रतिशत सेयर दिने जनाएको छ । आयोजनाको कुल लागत रु छ अर्ब सात करोड रहेकामा बैंकले रु चार अर्ब २५ करोड लगानी गर्ने भए पनि प्रवद्र्धकले रु एक अर्ब ८२ करोड लगानी गर्नेछन् ।

watch first and then search