काठमाडौं ,२८ कात्तिक– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले यसैवर्षभित्र अनलाइन टिकट बुकिङ सुरु गर्ने भएको छ ।
अनलाइन टिकट बुकिङ सिस्टम बनाउन र व्यवस्थापन गर्न दुई विदेशी कम्पनीले जिम्मा पाएका छन् र अबको ५ महिनाभित्र अनलाइन टिकेटिङ सुरु हुने बायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए । नेपाल यएरलाइन्सको तीन वर्षे सुधार कार्ययोजना अन्तरगत यो योजनालाई पनि समावेश गरेको थियो । सफ्टवेयर बनाउन एक भारतीय र पेमेन्ट गेटवेका लागी थाइ कम्पनीलाई टेण्डर अवार्ड गरिएको उनले जानकारी दिए ।
उनकाअनुसार यो सेवा सुरु भएपछि एनएसीका बिमानको टिकट घरमै बसेर अनलाइनमार्फत ग्राहकले सीधै बुक गर्न सक्नेछन् । क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरेर अनलाइनमै निगमका जाहाजको टिकट बुकिङ गर्न सकिने उनले बताए । अहिले धेरै एयरलाइन्स कम्पनीले इ–टिकेटिङ सिष्टम लागू गरिसके पनि एनएसीले परम्परागत रुपमै टिकट बिक्री गर्दै आइरहेको छ । जहाजको एउटा टिकट लिनका लागि ट्राभल एजेन्सी वा एनएसीको कार्यालय धाउनुपर्ने वा ट्राभल एजेन्सीमार्फत बुक गराउनुपर्ने बाध्यता छ । यसबाट यात्रुहरु ठगिनेसमेत गरेका छन् ।
एनएसीलाई प्रतिस्पर्धी बनाउनका लागि पनि अनलाइन टिकेटिङ सिष्टम लागू गर्नैपर्ने देखिएको कंशाकारले बताए । यसअघि अनलाइन टिकेटिङ सिष्टम लागू हुने बेलासम्म फ्रिक्वेन्ट फ्लायर माइलेज कार्यक्रम कार्यान्वयनका लागि गृहकार्य शुरु गर्ने तयारी गरिएको थियो । यो कार्यक्रम लागू भएपछि एनएसीको कुनै पनि फ्लाइटमा जाँदा यात्रुले निश्चित अंक प्राप्त गर्नेछन् । यो अंक बढेर तोकिएको बिन्दूमा पुगेपछि यात्रुले निःशुल्क टिकट प्राप्त गर्न सक्म्ने गरी कार्यायोजना बनेको छ ।
अहिले एनएसीले दुईवटा बोइङ र दुईवटा एयरबसबाट विभिन्न गन्तव्यमा उडान भर्दै आइरहेको छ । निगमले दुईवटा वाइड बडी जहाज ल्याउँदैछ । जसबाट कोरिया, जापान, बेलायत, सिंगापुर हुँदै अष्ट्रेलिया, चीनका विभिन्न ठाउँमा उडान गर्ने तयारीमा छ ।
No comments:
Post a Comment