watch first and then search

watch first and then search

Sunday, November 13, 2016

‘बलेफी ए’ आयोजनाको निर्माण सुरु



काठमाडौँ, २८ कात्तिक । विसं २०७५ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ‘बलेफी ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । हुवानिङ डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको सो आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न चारवटा बैंकको सहवित्तीयकरणमा रु चार अर्ब २५ करोड लगानी गर्ने सम्झौतासमेत भइसकेको छ । प्रालिका प्रबन्ध निर्देशक उमेश कसजुका अनुसार आयोजनामा ग्लोबल आइएमई बैंकले रु एक अर्ब २५ करोड, सानिमा बैंकले रु ९५ करोड, एभरेष्ट बैंकले रु ९५ करोड, एसबीआईले रु ७५ करोड र एनआडिसीले रु ५० करोड लगानी गर्नेसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ ।

सिन्धुपाल्चोकको गोल्छे गाविसमा बाँध बाँधेर बलेफी खोलाको पानीलाई चार हजार ३०० मिटर लामो सुरुङमार्फत सोही गाविसको बैकुण्ठे भन्ने स्थानमा विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत्लाई २२ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु सवस्टेसनमा जोडिनेछ । आयोजनाले जग्गा प्राप्ति एवम् पहुँच मार्ग निर्माणको काम सुरु गरिसकेको प्रबन्ध निर्देशक कसजुले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणसँग बर्खायाममा चार रुपैँया ८० पैसा र हिउँदमा आठ रुपैँया ४० पैसामा विद्युत् खरिद सम्झौता सम्पन्न गर्ने तयारीमा रहेको आयोजनाले स्थानीयबासीलाई न्यूनतम् १० प्रतिशत सेयर दिने जनाएको छ । आयोजनाको कुल लागत रु छ अर्ब सात करोड रहेकामा बैंकले रु चार अर्ब २५ करोड लगानी गर्ने भए पनि प्रवद्र्धकले रु एक अर्ब ८२ करोड लगानी गर्नेछन् ।

No comments:

Post a Comment

watch first and then search