watch first and then search

watch first and then search

Tuesday, July 3, 2018

यो जोडिको मनै लोभ्याउने डान्स, हेर्ने सबैलाई चकित पार्यो (भिडीयो सहित्)



कसैकसैमा अद्भुद क्षमता रहेको हुन्छ र उनीहरुले सानै उमेर देखि नै आफ्नो विचित्रको प्रतिभा देखाउन थाल्छन् ।

उनको यो प्रतिभा विरलै मानिसहरुसंग हुन् । यो भिडियो हेरेर तपाँइले निकै मनोरञ्जन गर्न सक्नु हुन्छ ।

निकै राम्रा र सुन्दर जोडिले यस भिडियोमा निकै राम्रो नृत्य गरेका छन् ।

हुने विरुवाको चिल्लो पात भनेझैं प्रतिभालाई केहि पनि गर्न सक्दैन भनेर नै यो नृत्य हेरेपछि लाग्ने गर्दछ ।

यस भिडियोमा नृत्य गरेकी महिलाले निकै सुन्दरता पुर्वक नृत्य गरेकी छन् । यो भिडियो हेरेर तपाँइ आफ्नो हाँसो रोक्न सक्नुहुन्न । भिडियो हेरौं

घमन्ड भएका तर ढङ्ग नभएका नयाँ पुस्ता !

काठमाडौं । मिडियामा तस्बिर र भिडियो आउन थालेपछि चर्चाले केही गति लिन्छ । भर्खर फिल्मिनगरीमा हात हालेका यस्ता अभिनेता अभिनेत्री नयाँ पुस्ताका रूपमा अगाडी आइरहेका छन् । नयाँ पुस्ताले फिल्म उद्योगलाई कति समय धान्छ भन्ने चर्चा सार्वजनिक बहसको विषय हुन थालेको छ ।

मिडियाकर्ममा लागेर मिडियामैत्री नहुने र दम्भ घमन्ड पाल्ने नयाँ अभिनेत्री धेरै भएको आरोप कतिपयलाई लागिसकेको छ । त्यतिमात्र होइन, यो फिल्मबजारको ठूलो हल्ला पनि भएको छ ।

केही चलेका, केही मध्यम र अभिनयमा प्रवेश गर्दैगरेकाहरूको व्यवाहारका बारेमा कुरा काट्न निर्माता निर्देशक र पत्रकार नै अघि सरेका छन् ।

शत्रु गतेको एउटा पत्रकार सम्मेलनका क्रममा अभिनेत्री आँचल शर्मा विवादीत बनिन् । उनले मिडियासँग कुराकानी गर्ने तरिका र शैली नजानेका कारण आलोचित बनेकी थिइन् । फिल्ममा उनको अभिनय पनि हेर्नलायक नभएको कतिपय समिक्षकले लेखिदिए । सकारात्मक दृष्टिकोणभन्दा उनले नकारात्मक छविलाई सार्वजनिक कार्यक्रममा बढि प्रस्तुत गर्दै आएकी छन् जसका कारण उनलाई ढङ्ग नभएकी, घमन्ड बोकेकी अभिनेत्री भन्छन्, सिने पत्रकारहरू ।

अभिनेत्री स्वस्तिमा खड्का निर्देशक निश्चल बस्नेतकी पत्नी पनि हुन् । उनलाई अब्बल निर्देशकको पत्नी र केही चलेका फिल्मी गीतको नशाले व्यवाहार कसरी गर्नुपर्छ भन्ने जानकारी कम भएको टिप्पणी फिल्म नगरीमा चल्ने गरेको छ । एउटा अखबारले केही साता अघि उनमा पनि आँचल शर्माको जस्तै स्वभाव आउन थालेको लेखेको थियो । खड्काले केही फिल्ममा अभिनय गरेकी छन् तर त्यसलाई स्तरीय अभिनय भनिएको छैन । छक्का पञ्जा २ मा उनको अभिनय थियो । जुन फिक्का र भद्दा भनि टिप्पणी गरियो ।

सीमित पत्रकारसँग मात्र स्वभाविक प्रतिक्रिया जनाउने अभिनेत्री पूजा शर्मा पनि केही फिल्म चलेको घमन्डमा उन्माद भएको आरोप लाग्ने गरेको छ । उनले फिल्म निर्माणमा हात हालेपछि अभिनेतालाई समेत गन्न छाडेको भन्ने बजार हल्ला छ । जसलाई सार्वजनिक कार्यक्रम र आफैंले आयोजना गरेका कतिपय कार्यक्रममा पनि बोल्न आउँदैन । एक फिल्म पत्रकार भन्छन्,‘नयाँ पुस्ता हुन् राम्रो काम गर्छन् भनेर सहयोग गर्दा त कसरी बोल्ने, कस्तो व्यवाहार गर्ने भन्ने तरिका नै नजान्नेहरू धेरै छन् । सिकाइको कुरा त परै जाओस् अझ उनीहरूमा देखिएको दम्भ र घमन्डले कहाँसम्म पुराउने हो ?’

सार्वजनिक कार्यक्रममा राम्रो व्यवाहार गर्ने नयाँ पुस्ता पनि रहेको बताइन्छ । अनमोल केसी मिडियामा त्यति आउँदैनन्, त्यति बोल्दैनन् । चलेर पनि उनमा दम्भ र घमन्ड देखा नपरेको बताइन्छ ।

No comments:

Post a Comment

watch first and then search