watch first and then search

watch first and then search

Tuesday, July 3, 2018

झन्डै ५० लाखले हेरेको यो भिडियो – नरुने कोहि छैन ( सबैको आँखाबाट आँशु किन झर्छ यो भिडियो हेरेपछि ?)



झन्डै ५० लाखले हेरेको यो भिडियो – नरुने कोहि छैन ( सबैको आँखाबाट आँशु किन झर्छ यो भिडियो हेरेपछि ?)

दाङ उपत्यका जलमग्न, सबैलाई सतर्क रहन आग्रह

असार १८, दाङ । अविरल वर्षाका कारण दाङको देउखुरी उपत्यका जलमग्न भएको छ । पूर्व–पश्चिम राजमार्ग आस पासका बस्ती तथा नदी किनारका बस्ती जलमग्न भएका हुन् ।

पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नं. ६ खैरी निवासी सुदन खनालले बताए । ‘घरहरुमा पानी पसेको छ’ उनले भने ‘घर भित्रका सामान जोगाउन मुस्किल परेको छ ।’ पानी परिरहेकाले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति गंगाराम भट्टराईले अनुरोध गरेका छन् ।

‘पानी धेरै परेकाले डुबानको खतरा छ । सबैलाई अनुरोध छ सतर्क रहनुहोस्’ उनले भने ‘सुरक्षित स्थानमा रहन सबैमा अनुरोध छ ।’ दाङ जिल्ला बाढीको उच्च जोखिममा पर्ने जिल्ला हो ।

राप्ती, बबई र अन्य नदी तथा खोलाका कारण डुबानको खतरा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिममा राखिएको छ ।

त्यसबाट करिब १ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमानसहित उच्च सतर्कता अपनाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए ।



‘बाढीको उच्च जोखिम क्षेत्रमा राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका तीन दर्जन वडालाई तोकिएको छ’ उनले भने ‘बाढीको मध्यम जोखिम क्षेत्रहरुमा तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिकाका नदी आसपासका वडाहरुलाई तोकिएको छ ।’

जिल्लाको भालुवाङ, तुलसीपुरको उरहरी र घोराहीमा जिल्ला प्रशासन कार्यालयमा खोज उद्धार सामग्रीसहित एक÷एक वटा रवर बोट र खोज उद्धार टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

साथै पहिरोको उच्च जोखिम क्षेत्रकारुपमा बंगलाचुली गाउँपालिकाका र शान्तिनगर गाउँपालिकाको वडा नम्बर १ र ३ लाई तोकिएको सूचना व्यवस्थापन अधिकृत दाहालले जानकारी दिए ।

पहिरोको मध्यम जोखिम क्षेत्रका रुपमा बबई गाउँपालिका वडा नम्बर २ र ३, बंगलाचुुली गाउँपालिका वडा नम्बर १,२ र ८, तथा राप्ती गाउँपालिकाको वडा नम्बर ९ रहेका छन् ।

दाङमा राप्ती नदिले चारवटा स्थानीय तहहरु राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडालाई प्रभावित बनाउने देखिएको छ ।

४ वटा स्थानीय तहका अधिकांश वडामा बाढी पस्यो भने एक हजार घरधुरी प्रभावित हुनेछ भने ५ हजार जनसंख्यालाई असर पर्ने देखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

-दशरथ घिमिरे/देशसंचारबाट

No comments:

Post a Comment

watch first and then search