watch first and then search

watch first and then search

Tuesday, July 3, 2018

पाथिभरा माताले सबैको कल्याण गरुन : आजको राशिफल / वि.सं. २०७५ आषाढ १९ गते मंगलबार



ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशीश्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल आषाढ १९ गते भौमबार नेपाल सम्बत ११३८ तछलागा,सन् २०१८ जुलाई ३ तारिक कृष्णपक्ष पञ्चमी तिथि अपरान्ह ६ वजेर ३५ मिनेटसम्म,शतभिषा नक्षत्र राती १२ वजेर १८ मिनेटसम्म, आयुष्मानयोग,कौलवकरण,आनन्दादियोग मृत्यु,सूर्य मिथुन राशीमा,चन्द्रमा कुम्भ राशीमा ।

ॐः–राहुकालः–अपरान्ह३÷३५ वजेबाट ५÷१९ वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान८÷४० वजेबाट १०÷२४ वजेसम्म रहनेछ,दूरमुहूर्तः–विहान७÷५९ वजेबाट ८÷५४ वजेसम्म र राती ११÷७ वजेबाट १२÷२ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷४० वजेबाट मध्यान्ह १२÷३५ वजेसम्म रहनेछ,गुली कालः–मध्यान्ह१२÷७ वजेबाट १÷५२ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ ।

ॐः–सूर्योदयबाट प्रातः ६÷५७ वजेसम्म रोग वेला,६÷५७ वजेदेखि ८÷४० वजेसम्म उद्वेगवेला,८÷४० देखि १०÷२४ वजेसम्म चरवेला,१०÷२४ देखि १२÷७ वजेसम्म लाभवेला,१२÷७ देखि १÷५१ वजेसम्म अमृत वेला,१÷५१ देखि ३÷३५ वजेसम्म काल वेला,३÷३५ देखि ५÷१८ वजेसम्म शुभवेला र ५÷१८ वजे देखि सूर्यास्तसम्म रोगवेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ८÷१९ वजेसम्म काल वेला,८÷१९ वजेदेखि ९÷३५ वजेसम्म लाभ वेला,९÷३५ देखि १०÷५१ वजेसम्म उद्वेगवेला,१०÷५१ देखि १२÷७ वजेसम्म शुभवेला,१२÷७ देखि १÷२३ वजेसम्म अमृत वेला,१÷२३ देखि २÷३९ वजेसम्म चरवेला,२÷३९ वजे देखि ३÷५५ वजेसम्म रोग र ३÷५५ वजे देखि सूर्योदयसम्म काल वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष


आय स्रोत बढ्नेछ । गरेका काम काज सफल हुनेछन् । समयलाई ख्याल राखेर काम गर्नु होला । मान्यजनबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार बढ्नेछ । अरुको मन जित्न सफल हुनुहुनेछ ।

बृष

गतिरोधको अन्त्य हुनेछ । काम गरेर नाम कमाउने अवसर आउनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । पराक्रम बढ्नेछ ।

मिथुन


सुधारका कार्य क्रम अगाडि बढ्नेछन् । तनावबाट मुक्त भएर काम गर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । अरुको भरमा काम नगर्नु होला ।

कर्कट


प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ला । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । आफन्तबाट सहयोग कम मिल्नेछ । फजुल खर्च बढ्नेछ ।

सिंह

समयले साथ दिनेछ । गरेका काम अधिकाँश सफल हुनेछन् । विदेश यात्राको प्रबल सम्भावना देखिन्छ । उद्योग धन्दाबाट लाभ लिन सकिनेछ । आफन्तको सहयोग मिल्नेछ । रजोगुण बढ्नेछ ।

कन्या

मेहनत बढि गर्नु पर्नेछ । कार्य गोपनियता अप्नाई काम गर्नु होला । काममा प्रतिश्पर्धा गरेर भए अगाडि बढ्नु होला । गरेका कामबाट लाभ हुनेछ । सवैलाई विश्वास नगर्नु होला ।

तुला

अलमलमा नपरि काम गर्नु होला अवसर फुत्किन सक्छ । आन्तरिक भन्दा बाह्य कुरामा बढि चासो हुनेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । व्यापार व्यवसायबाट थोरै मुनाफा हुनेछ ।

बृश्चिक

घरयासी काममा समय बढि खर्च गर्नु पर्ला । धन सम्पतिको बारेमा बढि चिन्ता हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । सहयोग गर्ने र नगर्ने बरावरै हुनेछन् । पढाईमा ध्यान कम जानेछ ।

धनु

कार्य क्षमता बढ्नेछ । अवरुद्ध काम अगाडि बढ्नेछन् । आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायबाट लाभ लिन मेहनत बढि गर्नु पर्ला । सहयोगी मन भेटिने छन् ।

मकर

दिन मध्यम देखिन्छ । ऋण लगानीमा जोड नदिनु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । घर परिवारका काममा व्यस्त हुनु पर्ला । आम्दानी खर्चको सन्तुलन रहनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कुम्भ

थोरै काम गर्ने बातावरण बन्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापारमा आएको मन्दि कम हुनेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । विरोधी नतमस्तक हुनेछन् । सवैको भर नपर्नु होला ।

मीन
समयले साथ दिएको देखिदैन । काममा विभिन्न समस्या आउने देखिन्छ । मनमा शान्ति मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । जोखिम मोलेर लगानी नबढाउनु होला । दुर्जन भेटिने छन् ।

No comments:

Post a Comment

watch first and then search