watch first and then search

watch first and then search

Monday, June 18, 2018

सामाजिक सञ्जाल मा फोटो सेयर गर्दा ख्याल गर्नु ? नत्र पर्न सक्छ यस्तो संकट !

रुसमा एक महिलाले सामाजिक सञ्जालमा आफ्नो एउटा फोटो शेयर गरेकै कारण आफ्नो जागिरबाट हात धुनु परेको छ। रसियन नागरिक भिक्टोरिया पोपोवाले इन्स्टाग्राममा आफ्नो एउटा फोटो पोष्ट गर्दाको समयमा कतै कल्पना सम्म पनि गरेकी थिइनन् होला सायद, आफ्नो जागिर यसकै कारणले गुम्नेछ भनेर। २६ वर्षकी भिक्टोरियाले रुसको ओम्स्क भन्ने ठाउँको एउटा विधालयमापढाउने गर्थिन्। हालै उनले एउटा सुईमिङ सुटमा खेचेको आफ्नो फोटो सामाजिक सञ्जाल इन्साग्राममा पोष्ट गरिन्। बिचरी उनलाई के थाहा यसैका कारण जागिर खोसिन सक्छ। रुसको साइबेरियन टाइम्सले प्रकाशित गरेको समाचार अनुसार विधालयले उनलाई शिक्षण पेशाको अपमान गरेको भन्दै जागरिबाट बर्खास्त गरेको छ। तर, यता समामजिक संजालमा भने उनको प्रसंशा भैरहेको छ। उनको यो तस्विरलाई ३ हजार भन्दा बढी मानिसले शेयर गरेका छन्। ती सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनको जागीर खोसिनु विरोध पनि गरेका छ। स्कूलले व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको अधिकारको हनन गरेको उनीहरुको आरोप छ। यस्तो छ, भिक्टोरिया पोपोवाले इन्स्टाग्राममा पोष्ट गारेको तस्विर

No comments:

Post a Comment

watch first and then search