watch first and then search

watch first and then search

Monday, June 18, 2018

बिहिबारदेखि हराइरहेकी महिला अजिंगरको पेटभित्र भेटिइन् (भिडियोसहित)

इन्डोनेसियाकी एक महिलालाई अजिंगरको पेटभित्र बाट निकालिएको छ । महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् । ५४ वर्षीय वा तिबालाई निकाल्न त्यहाँका स्थानीयले गत शुक्रबार २३ फुट लामो अजिंगरको पेट चिरेका थिए । स्थानीयले उक्त अजिंगरलाई मुना द्वीपको पेरस्यिापन लावेला गाउँमा फुलेको अवस्थामा भेटेका थिए । ‘स्थानीयले अजिंगरलाई फुलेको अवस्थामा देखेपछि महिला निलेको हुनसक्ने आशंकामा त्यसलाई मारेर गार्डेन बाहिर निकाले,’ पुलिस अधिकारी हिम्काले बताए । ‘अजिंगरको पेट चिरेर हेर्दा तिबाको शरिर भित्र भेटियो ।’ गत बिहिबार रातीदेखि हराइरहेकी तिबालाई आफन्तसहित सयजना स्थानीयले खोजी गरेका थिए । हाम्काका अनुसार तिबाको चप्पल पाइएको ३० मिटर पर अजिंगर भेटिएको थियो । अजिंगरले तिबाको टाउको पहिले निलेको बताइएको छ । इन्डोनेसिया र फिलिपिन्समा ६ मिटरसम्मको अजिंगर भेटिनु सामान्य मानिन्छ । यसले साना जनावरमाथि हमला गर्ने गर्दछन् । तर मानिसलाई नै निल्ने घटना निकै दुर्लभ हुन् ।

No comments:

Post a Comment

watch first and then search