watch first and then search

watch first and then search

Tuesday, June 19, 2018

डा. देवकाेटालाई सरकारले राजकीय सम्मानका साथ अन्तिम बिदाइ गर्ने

काठमाडौं । सरकारले सोमबार साँझ निधन भएका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ।
सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले डा देवकोटालार्इ राजकीय सम्मान अर्पण गर्ने निर्णय गरेको सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् । ‘उहाँलार्इ राजकीय सम्मान दिने निर्णय भएको छ,’ मन्त्री तामाङले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै भने, ‘नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदान सदैव स्मरणीय रहनेछ, साेही याेगदानकाे सम्मानमा यस्तो निर्णय गरिएको हो।’ दिउँसो १ बजेसम्मका लागि डा. देवकाेटाकाे पार्थिव शरीरलार्इ अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमै राखिएकाे छ। डा. देवकोटाकाे पार्थिव शरीरलार्इ ढाका टोपी लगाइदिएर सर्वसाधारण एवं शुभेच्छुककाे श्रद्धान्जलीका लागि राखिएको हाे। उनकाे पार्थिव शरीरमा पुष्पगुच्छा र श्रद्धाञ्जली चढाउनेकाे अस्पताल परिसरमा भीड लागेकाे छ । डा. देवकोटाको अन्तिम दाहसंस्कार अाजै पशुपतिस्थित अार्यघाटमा विद्युतीय मेसिनबाट गरिने अस्पताल प्रशासनले जनाएकाे छ । सम्बन्धित : प्रधानमन्त्रीद्वारा दिवंगत डा. देवकाेटाप्रति श्रद्धाञ्जली अर्पण, अाज अन्तेष्टी गरिने डा. देवकोटाको पार्थिव शरीर न्यूरो अस्पताल परिसरमा, श्रद्धाञ्जली दिनेकाे भीड hello friend please like,comment and share this news thanks for reading

No comments:

Post a Comment

watch first and then search