
काठमाडौं : प्रख्यात न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको निधनले शोकाकुल पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले फेसबुकमा डा. देवकोटालाई श्रद्धाञ्जलि दिएका छन्।
देवकोटाका स्कुले जीवनमा सहपाठी बाबुरामले स्कुल पढ्दाको फोटो पोस्ट गर्दै ‘नेपाल आमाका सुयोग्य सपूतको सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहने’ लेखेका छन्।
बाबुराम र उपेन्द्र गोरखाको अमरज्योति हाइस्कुल र काठमाडौंमा अमृत साइन्स क्याम्पसमा सँगै पढेका हुन्।
‘भौतिक रूपमा अब तिमीसँग कहिल्यै भेट नभए पनि तिमीसँग एउटै कक्षामा अमरज्योति हाइस्कुल र अस्कलमा ८ वर्ष सँगै बिताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन्’, बाबुरामले लेखेका छन्, ‘तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं!’
hello friend please like,comment and share this news thanks for reading
No comments:
Post a Comment