watch first and then search
watch first and then search
Sunday, June 17, 2018
गुल्मीको यो खबर बन्यो सामाजिक सन्जालमा भाईरल .......बुढाले कण्डम लगाउन जानेन ३३ वर्षमै १४ सन्तानकी आमा बनेँ – हेर्नुहोस यस्तो कथा
स्वास्थ्य सम्बन्धि चेतनाको अभावमा मुलुकका ग्रामीण क्षेत्रका महिलाहरु कतिसम्म पीडित छन भन्ने उदाहरण बनेकी छिन् गुल्मी छत्रकोटकी रिता नेपाली । परिवार नियोजन, गर्भ निरोधक औषधि र जन्मान्तरको फरकबारे जानकारी नपाउँदा उनी ३३ बर्षको उमेर भित्र १४ सन्तानकी आमा बनिन् ।
छत्रकोट गाउँपालिका वडा नम्वर ६ की रिता नेपाली १४ सन्तानकी आमा हुन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । अहिले ४० बर्षमा हिड्दै गरेकी उनका जेठा छोराको उमेर १८ वर्षको छ भने सवै भन्दा कान्छी सन्तानको उमेर ७ वर्ष भयो । १४ वर्षको उमेरमा हुँगाका पदम नेपालीसंग विवाह गरेकी नेपालीले १५ वर्षको उमेर देखि सन्तान जन्माउन थालेकी हुन् ।
१५ देखि ३३ वर्षको उमेर भित्रमा १४ सन्तान जन्माएकी उनी अहिले पनि निरोगी देखिन्छिन् । श्रीमान पदम नेपाली शारीरिकरुपमा अशक्त छन् । छोरा वा छोरीको चाहनामा उनले यति धेरै सन्तान जन्माएकी होइनन । उनले न परिवार नियोजनबारे जानकारी पाइन नत गर्भ निरोधक औषधिको बारेमा नै ।
धेरै सन्तान पाउँदा पर्ने असरको सम्बन्धमा चेतनाको कमी र जन्मान्तरको फरकबारे पनि केही जानकारी नपाउनु रिताको लागि कमजोरी बन्यो । उनका १४ सन्तान मध्ये ७ जनाको मृत्यु भइसकेको छ । ७ वर्षीया कान्छी छोरी कक्षा तीनमा अध्ययनरत छिन् । जेठा छोरा र जेठी छोरीबाट गत वर्ष एक / एक सन्तान जन्मिएपछि हजुरआमा हुन पाएकोमा रिता थप दङ्ग छिन् ।
जन्मान्तर कम गराउन हालसम्म राज्य र दातृ निकायको करोडौं रकम नेपाली भूभागमा वगिसेको छ । तर सदरमुकाम नजिकैको गाउँमा रहेकी रिता भने यी सबै विषयहरुबाट वेखबर बनिन्, दुर्भाग्य ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment