watch first and then search
watch first and then search
Monday, June 18, 2018
स्कटनेपाल, युके रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका एक सफल निडर सक्षम पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन्। रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन। संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । पछिल्लो समयमा उनले गरेका काम हरुलाइ मध्य नजर राख्दै उनि लाखौ नेपाली हरुका ढुक ढुकी बनेका छन । यसै संदर्बमा प्रवासी भुमि इजराइलमा रहेकी चेली पवित्रा गौतमले रबिलामीछानेको सुरक्षा बिषयलाइ लिएर आवाज उठाएकी छन् । उनि भन्छिन ”के साच्चिकै रबि लामिछाने सुरक्षित छन् त”। उनको यो सामाजिक संजाल मार्फत लाइव भिडियोले धेरै प्रवासी र स्वदेशी नेपाली हरुको मन मुटु छुन सफल भएको छ । हेरौ उक्त भिडियोमा गौतमले उठाएको आवाजले नेपाली जनताहरुको लागि कस्तो सूचना प्रदान गरेको छ । भिडियो :
सहजीकरण गर्नका लागि संयन्त्र गठन गर्न अनुमति काठमाडौँ, असार ३ गते । नेपाल सरकारले परराष्ट्र मन्त्रालय र जनवादी गणतन्त्र चीनको विदेश मन्त्रालयबीच नेपालमा चीन सहयोगसम्बन्धी कार्यक्रम र परियोजनाको कार्यान्वयनमा सहजीकरण गर्न संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रको मस्यौदालाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सोसम्बन्धी मस्यौदामा हस्ताक्षर गर्न स्वीकृत प्रदान गर्ने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । लेखापरीक्षण विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने र सूचना प्रविधि तथा सार्वजनिक सेवा प्रसारणसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सैद्वान्तिक सहमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । बैठकले नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्यको संख्या १९ बाट घटाएर नौ कायम गर्ने निर्णय गरेको छ । उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगञ्जको दरबन्दी स्वीकृत गर्ने र शिक्षा विज्ञान तथा प्रविधि, वाणिज्य र आपूर्ति मन्त्रालय तथा राजश्व अनुसन्धान विभागको संगठन संरचना स्वीकृत गर्ने निर्णय पनि भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment