watch first and then search

watch first and then search

Sunday, April 1, 2018

अहिले सम्मकै सुपर हिट रत्यौली !!

माघ ११ देखि २२ गतेसम्म पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रदेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव भएको थियो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा कृषि, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरीलगायत गरी ३५० वटा कक्ष रहेका थिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने यो महोत्सवको उद्देश्य औद्योगिक उत्पादन, घरेलु तथा हस्तकलाका वस्तुको बजार प्रवद्र्धन र उद्यमशीलता तथा प्रविधि हस्तान्तरण रहेको थियो । महोत्सवको थप आकर्षण रुपमा बाल उद्यान, खाना महोत्सव, सांगीतिक प्रस्तुति, लोकदोहोरी कार्यक्रमसमेत राखिएको आयोजक संस्थाले जनाएको छ । प्रदेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सवले रत्यौली प्रतियोगिता पनि राखेको थियो । हेर्नुहोस कस्तो रत्यौली गाएर नाचे त ?

No comments:

Post a Comment

watch first and then search