watch first and then search

watch first and then search

Sunday, April 1, 2018

राशिफल / वि.सं. २०७४ चैत्र १८ गते आइतबार

वि.सं. २०७४ चैत्र १८ गते आइतबार तदनुसार ई. सं. २०१८ अप्रिल ०१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (चौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०६:२१ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०५:५५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०६:२६ बजे, वैशाख कृष्णपक्षको प्रतिपदा तिथि, साँझ ०५:२२ बजेसम्म, त्यसपछि द्वितीया तिथि, हस्ता नक्षत्र, बिहान ०६:०२ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा, साँझ ०६:१३ बजेसम्म, त्यसपछि तुला राशिमा, व्याघात योग, मध्यरात्रीपछि ०४:०० बजेसम्म, त्यसपछि हर्षण योग, कौलव करण, साँझ ०५:२२ बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : मानस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम आजको चाडपर्व र उत्सव : विश्व मूर्ख दिवस (अप्रिलफूल डे), साथीभाइलाई छक्याएर रमाइलो गर्ने दिन, वैष्णवीदेवी यात्रा (विशालनगर), मत्स्येन्द्रनाथस्नान (ललितपुर), बुगन्हवँ (नेवारी पर्व), द्विपुष्कर योग बेलुका ०५।१६ बजेपछि, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको मूहुर्त : ब्रतबन्ध (उपनयन), अग्निवास(होमादि), २० गते : साँखु यात्रा (सकोयात), २१ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुरुमा मनमा अशान्ति र छटपटीले डेरा जमाउने दिन छ, तर बेलुकीपख निराशाको अन्त्य हुनेछ र अनुकूल समय आउने छ । मातृशक्तिको उपासना र विपरीतलिङ्गीको सहयोग लिनसके गरेको काममा सफल भइन्छ । पारिवारिक सम्बन्धमा देखिएको निराशाको समाप्ति हुनेछ । प्रणयसम्बन्धका लागि अनुकूलता मिल्नेछ । यद्यपि मन कल्पना र भावनामा रुमल्लिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका कामहरू बन्न सक्छन् । तर अरुमाथि भर पर्नुहुँदैन । सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । पारिवारिक समस्या झेल्ने परिस्थिति सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) दिन अल्छीलाग्दो हुनेछ र गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, तर आफैं अघि नसरी सोचेको काममा सफलता मिल्दैन, त्यसैले आलस्य त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । लापरबाही गरेमा बन्नै लागेको काममा समेत बाधा पुग्नसक्छ । बन्दव्यापार वा रोजगारीका नयाँ विकल्पका बारेमा चिन्तन हुनसक्छ, तर अहिले नयाँ ठाउँमा लगानी गर्नु मुनासिब छैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । सकेसम्म घरपरिवार र प्रेमसम्बन्धमा समय दिन सकेको जाति हुन्छ । बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुनेछ । सँगीसाथी र परिवारका सदस्यले समय दिन सक्दैनन् । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । बेलुका चन्द्रमाले आठौं भावमा प्रवेश गरेपछि समयमा अझ आफ्नो पकड रहने छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । (द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

No comments:

Post a Comment

watch first and then search