watch first and then search

watch first and then search

Sunday, April 1, 2018

तपाईको यो साता कसरी बित्नेछ त ? हेर्नुहोस साप्ताहिक राशिफल{चैत्र १८, २०७४ देखि चैत्र २४, २०७४ सम्म}

तपाईको यो साता कसरी बित्नेछ त ? हेर्नुहोस साप्ताहिक राशिफल{चैत्र १८, २०७४ देखि चैत्र २४, २०७४ सम्म} यस हप्ताको साप्ताहिक राशिफल (चैत्र १८, २०७४ देखि चैत्र २४, २०७४ सम्म) मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) यो साता काममा सामान्य फल प्राप्त हुनेछ। परिवारमा केही तनाव र अप्ठ्यारो पक्ष नहोला भन्न सकिन्न। स्वास्थ्यमा हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। शुभ कार्यमा सरिक हुने साता छ। मान-सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ तर मंगलबार र बुधबार अलि अनुचित पक्षमा केही आरोप प्रत्यारोप बेहोर्नुपर्ने हुन सक्छ। घरपरिवारबाट पाउने सहयोग भने मध्यम देखिन्छ। देशविदेशबाट खुशीको खबर सुन्न पाउनुहुनेछ। साताभरि हजुरले रातो, आकासे निलो, गुलाफी, खैरो, सुन्तला र सेतो रङ प्रयोग गर्दै ३ र ७ लक्की नम्बर राखेर अगाडि बढ्नुभयो भने यो साता उत्कृष्ट तरिकाले बित्ने देखिन्छ। बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) यो साता काममा केही बाधा, समस्या र अप्ठ्यारा पक्ष नआउलान् भन्न सकिन्न। मनमा कौतूहल र चिन्ता छाउन सक्नेछ। लेनदेनमा हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। घर, कुलकुटुम्ब र इष्टमित्रको सहयोग प्राप्त हुने साता रहेको छ। खानपानमा विचार पुर्‍याउनुहोला। स्वास्थ्यमा समस्याहरू देखा पर्न सक्नेछन्। यात्रा हजुरको लागि सरल बन्न सक्नेछ। हजुरले सोचेको काममा व्यवधान भए तापनि देशविदेशबाट खुशीको खबर पाउन सक्नुहुनेछ। विद्या, बुद्धि बढ्न जाला। मान-सम्मान र प्रतिष्ठा बढ्नेछ। यो साता हजुरले पहेँलो, आकाशे निलो र सेतो वस्त्र लगाएर २ र ४ लाई लक्की नम्बर राखेर अगाडि बढ्नुभयो भने साता उत्कृष्ट तरिकाले बित्ने देखिन्छ। मिथुन राशि- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) यो साता काममा सफलता मिल्ने, उन्नति र प्रगति हुने देखिन्छ। विद्या, बुद्धि बढ्न जाला। यात्रा हजुरको लागि निकै सरल बन्नेछ। खानपानमा भने हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। पारिवारिक सुख, शान्ति र समृद्धि मिल्ने देखिन्छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। आफन्त, परिजनको सहयोग धेरै प्राप्त हुने पनि देखिएको छ। लेनदेनमा हजुरले निकै विचार पुर्‍याउनुपर्ला। यो साता हरियो, खैरो, आकासे निलो, गुलाफी, सुन्तला रङ लगाउँदै ३ र ७ लक्की नम्बर राखेर अगाडि बढ्नुभयो भने साता राम्रो हुने देखिन्छ। कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) यो साता स्वास्थ्यमा निकै सुधार हुने देखिएको छ। विद्या, बुद्धि बढ्नेछ। तीर्थाटनको योग बढ्ने पनि देखिएको छ। खानपानमा भने हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। सामाजिक कार्यमा सरिक हुने साता रहेको छ। मान-सम्मान बढ्नेछ। राजनैतिक र सामाजिक क्षेत्र फलिभूत हुनेछ। कतै हजुरले गर्न खोज्नुभएको काममा बाधा र समस्या आए तापनि साताको अन्त्यतिर भने काम बन्नेछ। यो साता सेतो, क्रिम, आकासे निलो, रातो, खैरो लगाउनुभयो भने राम्रो हुनेछ। धार्मिक कार्यमा धेरैतिर सरिक हुने साता पनि रहेकोले यो साता शिवजीको आराधना गर्नु राम्रो देखिन्छ। सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) यो साता निकै महत्त्वपूर्ण देखिएको छ। आर्थिक पक्ष सबल भएर जाला। नयाँ घर, जग्गाजमिनका योगहरू बन्नेछन्। आफन्त, परिजनको सहयोग प्राप्त होला। खानपानमा भने हजुरले यो साता निकै मुख बार्नुपर्नेछ। लेनदेनमा निकै विचार पुर्‍याउनुपर्नेछ। हजुरले दिनुभएको ज्ञानको कारणले कसैको उन्नति, प्रगति हुने पनि देखिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त होला। विद्या, बुद्धिमा वृद्धि हुनेछ। हजुरले गर्न खोज्नुभएको काममा बाधा र समस्या आए तापनि साताको आइतबार, सोमबार र मंगलबार काम बन्ने देखिन्छ। यो साता रातो, सेतो, क्रिम, सुन्तला, खैरो लगाएमा साता राम्रो हुनेछ। त्यसैगरी यो साता १, ३ र ५ हजुरको लागि लक्की नम्बर रहेका छन्। कन्या राशि- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) साता उत्कृष्ट देखिन्छ। रोकिएको काम बन्न जाला, झैझमेला, मुद्दामामिलामा विजय प्राप्त हुन सक्छ। खानपानमा भने हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। नयाँ सवारीसाधन, घर, जग्गाजमिनको योग बन्ला। रोकिएको पैसा फर्कने पनि देखिन्छ। पारिवारिक तथा दाम्पत्य सुख, शान्ति, समृद्धिको साता रहेको छ। व्यापार व्यवसायमा लाभ छ। आफन्त, दाजुभाइ, दिदीबहिनी तथा कुलकुटुम्बबाट सहयोग प्राप्त हुनेछ। यो साता हजुरले हरियो, खैरो, सेरो र सुन्तला रङ लगाउनुभयो र बुधबार, बिहीबार र शुक्रबार नयाँ काम आरम्भ गर्नुभयो भने राम्रो हुने देखिन्छ। तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) साता सामान्य रहला। मनमा केही तनाव रहन सक्नेछ। काममा केही बाधा व्यवधान र अड्चन परे तापनि साताको अन्त्यतिर मानसिक अशान्ति हट्नेछ। कामहरू पनि राम्रै बन्ने देखिन्छ। व्यापार व्यवसायमा लाभको योग छ। देशविदेश भ्रमणको योग बन्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। अध्यात्म क्षेत्रबाट हजुरलाई ऊर्जा मिल्ने पनि देखिन्छ। केही मुद्दामामिला र अप्ठ्यारा किचलोहरूमा सफलता प्राप्त हुन सक्छ। दाजुभाइ, कुलकुटुम्ब र इष्टमित्रबाट भरपुर सहयोग पाइनेछ। सन्तान सुख मिल्नेछ। छोराछोरीले पढाइमा राम्रो प्रदर्शन गर्ने साता रहेको छ। वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) यो साता काममा बाधा व्यवधान परे तापनि मान-सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछ। पारिवारिक झैझगडा र अप्ठ्यारा पक्षहरूमा राम्रै सफलता मिल्ने देखिएको छ। खानपानमा हजुरले निकै विचार पुर्‍याउनुपर्ला। कृषि क्षेत्र हजुरको लागि निकै राम्रो देखिएको छ। हजुरले नयाँ नियुक्तिको अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। घर, जग्गाजमिनमा मध्यम लाभको साता रहनेछ। यो साता रातो, सेतो, पहेँलो, आकासे निलो, खैरो रङ लगाएर ७ र ९ लाई लक्की नम्बर राखी काम गर्नुभयो भने साता निकै राम्रो हुने देखिन्छ। धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) साता उत्कृष्ट रहेको छ। आर्थिक पक्ष सबल रहला। मान-सम्मान, प्रतिष्ठा बढ्नेछ। आफन्त, परिजनको सहयोग प्राप्त होला। स्वास्थ्यमा क्रमिक सुधार हुनेछ। लेनदेनमा भने हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। हजुरले दिनुभएको पैसा ढिलो उठ्न सक्छ। दाजुभाइ, कुलकुटुम्ब र इष्टमित्रबाट भरपुर सहयोग प्राप्त हुनेछ। खानपानमा निकै विचार पुर्‍याउनुपर्नेछ। सुख, शान्ति, समृद्धि र उन्नति, प्रगतिको साता रहेको छ। राजनीतिक र सामाजिक क्षेत्र निकै राम्रो देखिएको छ। यात्रा हजुरको लागि सुखद देखिन्छ। यो साता पहेँलो, सेतो र रातो रङ लगाएर काम गर्नुभयो भने निकै राम्रो हुनेछ। मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) यो साता रोकिएको काममा सफलता मिल्ला। मुद्दामामिलामा विजय प्राप्त होला। देशविदेशबाट खुशीको खबर सुन्न पाउनुहुनेछ। व्यापार व्यवसायमा लाभको साता बन्ने देखिन्छ। हजुरको डुबेको पैसा उठ्न सक्नेछ। धार्मिक कार्यमा सरिक हुनुहोला। स्वास्थ्यमा केही समस्या देखापर्नेछ। सोमबार, मंगलबार र बुधबार नयाँ काम सुरु गरेमा सफलता मिल्ने देखिएको छ। साहित्य, संगीत र कलाका साधकहरूका लागि साता राम्रो देखिन्छ। यो साता खैरो, कालो, सुन्तला र आकासे निलो रङ लगाएमा राम्रो हुनेछ। कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) साता सामान्य रूपमा बित्न जाला। कतै झैझमेला र अप्ठ्यारा बेहोर्नुपर्ने देखिन्छ। पारिवारिक सुख, शान्ति मिले तापनि मनमा केही कौतूहल र चिन्ता रहनेछ। खानपानमा हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। कृषि क्षेत्रमा लाभको योग छ। राजनीतिक र सामाजिक क्षेत्रमा केही बाधा र अप्ठ्यारा पक्षहरू आउनेछन्। दाजुभाइ, परिवारबीचको सम्बन्ध सामान्य रहला। हजुरले गर्न खोज्नुभएको काममा व्यवधान र अप्ठ्यारो नहोला भन्न सकिन्न। लेनदेनमा निकै विचार पुर्‍याउनुपर्नेछ। सोमबार, मंगलबार, बुधबार र बिहीबार पारिवारिक सुख, शान्ति, समृद्धि मिल्ने देखिन्छ। मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) यो साता रोकिएको काम बन्नेछ। आर्थिक पक्ष सबल होला। इज्जत, मान-सम्मान, प्रतिष्ठा बढ्नेछ। लेनदेनमा भने हजुरले निकै विचार पुर्‍याउनुपर्नेछ। जागिरेहरूका लागि स्थानान्तरणको योग छ। विद्या, बुद्धि बढ्ला, छात्रछात्राहरूको समय आनन्दपूर्वक बित्ने देखिन्छ। कृषि चौपायामा भने मध्यम छ। आर्थिक समृद्धि, उन्नति, प्रगतिको साता रहेको छ। हजुरले मंगलबार, बुधबार, बिहीबार नयाँ काम आरम्भ गर्नुभयो भने सफलता मिल्नेछ। पारिवारिक सुख, शान्ति पाइनेछ। साहित्य, संगीत, कलामा नाम, इज्जत, प्रतिष्ठा बढ्ने देखिन्छ। डा.उत्तम उपाध्याय न्यौपाने प्रकाशित : आइतबार, चैत १८, २०७४ ०७:३०

No comments:

Post a Comment

watch first and then search