watch first and then search

watch first and then search

Monday, January 2, 2017

सडकले घर मिच्यो कि घरले सडक मिच्यो ? आमाको आशु रोकिएन...see more..

सडकले घर मिच्यो कि घरले सडक मिच्यो ?
मेरो पुर्खाले यहाँ घर बनाँउदा न त यहाँ सडक थियो न त पेटी , पछी सडक बन्यो , सडकलाई पेटी आबश्यक भएकोले मेरो घरको घाम ताप्ने , बालबालिका खेल्ने , धान सुकाउने आँगन पेटीमा परिणत भयो , चुपचाप बसें । पछी शहरमा बाहिरको मानिसहरुको चाप बढ्यो , सडक साँघुरो भयो रे , उनिहरुको सुबिधाको लागी सडक फराकिलो गर्नु पर्ने भयो रे । सरकारले मेरो घर नै पर्ने गरी सडक मापदण्ड तोकिदियो , अब मैले सडक मिचेर घर बनाँए रे । अब भन्नुस सडक बन्नु भन्दा अगाडी बनेको घरले सडक मिच्यो कि पछी बनेको सडकले मेरो घर र आँगन मिच्यो ? तैपनी म सहेर बसें । अब हुँदा हुंदा सर्वच्च अदालतमा बिचारधीन रहेको र सरकारको नाममा रोकादेश भएको मुद्दामा सरकारले बर्दिधारिहरु तैनाथ गरी दिनडाहाडै मेरो घरमा दोजर लगाँउदा हामी निरिही जनता पिडित भयौं कि भएनौ ? यो कानुनी राज्यको उपहास हो कि हैन ?

No comments:

Post a Comment

watch first and then search