watch first and then search

watch first and then search

Monday, January 2, 2017

पिकनिक’ गएको बस पुलबाट खस्यो २ को मृत्यु, ५० घाइते.... किन बालबालिका माथि एस्तो अायी लागेको होला ।।।१ शेयर गरी मृतको लागि रिप लेखौ ।।



काठमाडौं, १८ पुस । सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थी पिकिनिक गएको बस दुर्घटनामा परेको छ। हेटौंडाको सहीद स्मारकबाट पिकनिक खाएर घर फर्कदै गरेको ना३ख ७६६८ नम्बरको रिजर्ब बस पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैया–निजगढ खण्डको दुधौरा खोलामा दुर्घटना भएको छ।

आइतबार राति पुलबाट उक्त बस खस्दा २ जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। सर्लाही परवानीपुर १ का १५ बर्षीया रबिना बज्यू र सोही ठाउँ वडा ५ का २० वर्षीय सन्देश बस्नेतको मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ।

मृतकको शव वीरगन्जस्थित उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घाइतेहरुको प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थीहरु उक्त बस ‘रिजर्भ’ गरी नयाँ वर्षको अवसरमा ‘पिकनिक’ गएका थिए। घाइतेहरुको सिमरास्थित तराई अस्पताल र वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ।

No comments:

Post a Comment

watch first and then search