watch first and then search

watch first and then search

Monday, January 2, 2017

आजको रासिफल – बि.स.२०७३ पौष १८ गते । सोमबार । ईश्वी सन् २०१७ जनवरी ०२ तारिख ।



बि.स.२०७३ पौष १८ गते । सोमबार । ईश्वी सन् २०१७ जनवरी ०२ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९३८ । पौष शुक्ल पक्ष । तिथि चतुर्थी, १८ घडि २८ पला,अपरान्ह्र १४ बजेर २० मिनेछ उप्रान्त पञ्चमी । नक्षत्र धनिष्ठा, २२ घडि ३२ पला, अपरान्ह १५ बजेर ५८ मिनेट उप्रान्त शतभिषा । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर १९ मिनेट जादा । दिनमान २५ घडी ५६ पला । चन्द्ररासि कुम्भ ।

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ) स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्नेछ । कर्मक्षेत्रमा तथा आयस्रोत हुने ठाउँमा सत्रुका आखा लाग्न सक्छन् ध्यान दिएर काम गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । आफुले मन पराएको मानिसलाई भेट्न नपाउँदा मन मुटुमा जलन हुनेछ भने पति पत्निबिच घरायसि कुरामा सामान्य बिवाद सिर्जना हुनेछ । आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । कामहरु समयमा सम्पन्न नहुँने तथा आफन्त, दाजुभाईहरु सँग मनमुटाब बढ्ने हुँदा मन चिन्तित भईरहनेछ । बाटो हिड्दा तथा सवारि साधनमा यात्रा गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
शुभ अंक — २,४ शुभ दिशा — दक्षिण
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ ईसान पुत्राय नम

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा) सांगितिक माहोलमा सहभागि भई संगितको मिठो धुनमा रम्म सकिनेछ । सामाजिक कामको सिलसिलामा समय लगानि हुनेछ भने राजनिति तथा समाजसेवामा गरिएको लगानि बाट सकारात्मक प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । उद्योग तथा ब्यापार ब्याबसायमा लगानि बढाएर बेरोजगार ब्यात्तिहरुलाई रोजगारि दिन सकिनेछ । निर्णायक तहमा बसेर खेल्ने नेतृत्वदायि भुमिकाले तपाईको साख बडाउनेछ भने बुवा वा बुवासरहका ब्याक्तिबाट तपाईको काममा आर्थिक तथा नैतिक समर्थन रहनेछ ।
शुभ अंक — ३,५ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ चामुण्डाय नम

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) सरकारि तथा प्रशासनिक कामगर्दा ध्यान दिनुहोला झन्झटिलो प्रकृया अवलम्बन गर्नु पर्ने तथा अनाबस्यक मुद्दा मामिला बेहोर्नु पर्ने हुनसक्छ । सामाजिक कामको सिलसिलामा दिनभर ब्यस्त भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन बटुल्न निकैनै मेहनेत गर्नु पर्नेछ । सामाजिक कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निर्णायक तहमा बसेर महत्वपुर्ण निर्णयहरु गरेपनि गलत म्यासेज जानेहुँदा आलोचना सहनु पर्नेछ । शैक्षिक क्षेत्र तथा धार्मिक क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।
शुभ अंक — ४,६ शुभ दिशा — पश्चिम
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ कारेस्वराय नम

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । माया प्रेममा मन परेको मानिस सँग घटपट भएपनि मित्रताको बन्धन भने चुटिने छैन । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । घर परिवारमा आउँने समस्याले ब्यापार ब्याबसायमा लगानि गर्ने बाताबरण खस्केर जानेछ । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बैक तथा बित्तिय सस्थामा गरिएको लगानि भने फस्टाएर जानेछ ।
शुभ अंक —५,७ शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ बैद्यनाथाय नम

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे) माया प्रेम तथा पति पत्निबिच अबिस्वास आउन सक्छ अलि बढि सचेत हुनुहोला । साझेदारि ब्याबसायमा साझेदारहरु बिच राय बाजिने हुँदा लगानि डुब्न सक्छ ख्याल गर्नुहोला । परिवारका सदस्यहरु तपाईको ब्यबाहार देखि टाडिने तथा तपाईको काममा सहयोग नगर्न सक्छन् । रमाईलो पारिवारिक तथा मनोरञ्जनात्मक यात्रा भएपनि बाटोमा बिभिन्न समस्याअरु आउँन सक्छन् । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । समय र कामको तालमेल नमिल्दा असजिलो महशुस हुनेछ ।
शुभ अंक —५,८ शुभ दिशा — पश्चिम
शुभ रंग — गुलाबी कार्य सिद्धि मन्त्र — ॐ नम शिवाय

कन्या (टो, पा, पी,पु,ष,ण,ठ,पे,पो) वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ भने मुद्दा मामिला तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । ब्यापार ब्याबसाय फस्टाएर जाने तथा प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या भए ठिक भएर जानेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरु भन्दा अगाडि आउँन सकिनेछ । मावलि पक्षबाट तपाईको काममा सहयोग तथा समर्थन प्राप्त हुनेछ । अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईको उन्नति प्रगति देखेर खुलेरै समर्थन गर्नेछन् ।
शुभ अंक —७,९ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्तरुपाय नम

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,ते) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुने भएपनि भनेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुँनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रने हुँदा अरु भन्दा पछि परेको भान हुँनेछ । साथिभाई,आफन्त तथा ईष्टमित्रहरु टाडिने हुँदा एक्लै दिन कटाउँन गाह्रो भएजस्तो हुँनेछ । आर्थिक उपार्जनका क्षेत्रहरु कमजोर हुने हुँनाले थप लागनि गर्नको आगि आउँने प्रस्ताबलाई ईन्कार गर्नुपर्ने बाध्यता सृर्जना हुँनेछ भने शिक्षा क्षेत्रमा गरिने लगानिबाट सन्तोषजनक कमाई गर्न सकिनेछ । सवारि साधनको कारोबार गर्दा तथा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्नपनि सक्छ ।
शुभ अंक —१,७ शुभ दिशा — पश्चिम
शुभ रंग —सेतो कार्य सिद्धि मन्त्र — ॐ रत्नप्रियाय नम

बृश्चिक (तो, ना, नी, नू ,ने,नो, या,यी, यू) सवारि साधन तथा घर जग्गा किन्दै हुनुहुन्छ भने ध्यान दिनुहोला गलत ब्याक्ति तथा बिचौलियाले फसाउन सक्छन् । निति निर्माण तहमा हुनुहुन्छ भने ख्याल गर्नुहोला तपाईको निर्णय सर्बत्र आलोचना हुनेछ । पढाई लेखाईमा अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमा सरहमा मानिस सँग छुटिनु पर्दा मन खिन्न हुनेछ । बिवादित बिषयको उठान नगर्नुहोला नकरात्मक नतिजाको सामना गर्नु पर्नेछ । परिवार तथा आफन्तसँगको आन्तरिक छलफलमा राज बाजिने हुँदा निचोड निकाल्न मुस्किल पर्नेछ । कृषि तथा पशुपालन ब्याबसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ ।
शुभ अंक २,५ शुभ दिशा — पश्चिम
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ वक्रतुण्डाए नम

धनु (ये, यो,भा, भी,भू ,ध, फा,ढा,भे) लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल भएर जानेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । जन सम्पर्क बढ्ने तथा दाजुभाई, छिमेकिबाट काममा भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो,रमाईलो तथा अर्थपुर्ण यात्राको तय गर्न सकिनेछ । मनग्गे रुपैया पैसा कमाईने हुँदा अन्य क्षेत्रमा लगानि गर्ने जोस जागर आउँनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने लेखेरै आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिको संगत तथा भेटघाटले मन प्रशन्न हुनेछ ।
शुभ अंक —१,५ शुभ दिशा — पश्चिम
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ नागेश्वराय नम

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो,गा,गी) निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा पति पत्नि बिच घरायसि कुरामा मनमुटाब बढ्नेछ भने आफन्त तथा ईष्टमित्रहरु तपाईको ब्याबहार देख टाडिन सक्छन् ख्याल गर्नुहोला ।
शुभ अंक — ६,७ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ भने बिपक्षहिरुको माग सम्बोधन गर्न गतिलो भुमिका निभाउन सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् ।
शुभ अंक — ३,७ शुभ दिशा — दक्षिण
शुभ रंग — कालो कार्य सिद्धि मन्त्र — ॐ बिश्णवे नम

मीन (दी दू थ झ ञ दे दो चा ची) बिदेशी भुमिमा बसेर गरिने लगानि तथा कामबाट मनग्गे आम्दानि हुनेछ भने स्वदेशी भुमिमा गरिने ब्यापार ब्याबसायमा सोचेजस्तो आम्दानि नहुन सक्छ । शिक्षा तथा कामको लागि लामो दुरिको बिदेश यात्राको तय हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग सैद्धान्तिक बिषयमा मतभेद बढ्नेछ भने मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडि बडे फाईदा हुने देखिन्छ ।
शुभ अंक —१,९ शुभ दिशा — उत्तर
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ बिश्वनाथाय नम

No comments:

Post a Comment

watch first and then search