watch first and then search

watch first and then search

Monday, January 2, 2017

बिदेश पुगिसकेपछि थाहा हुन्छ म्यानपावरका दलालले गर्ने वास्तविक कार्य



चोम बिष्ट, दोहा, कतार – पसिनाको उचित मुल्य र श्रमको व्यवस्था नभएको यो हाम्रो देशमा त्यस भन्दा पनि हाम्रो देश अनि विभिन्न क्षेत्र ठाउँमा रहेका हामी गरिबि र आर्थिक समस्या कारण ले हामीले नेपाली युवा बढ्दो बेरोजगारी ले गर्दा रोजगार को खोजी गर्ने क्रममा हामी नेपाली युवाहरू संसार का विभिन्न देशहरूमा आफ्ना वृद्ध ,माता ,पिता, फुल जस्ता लाला वाला ,जीवन साथी, गाउँ का इष्ट मित्र, साथि सङ्गी प्राण भन्दा प्यारो नेपाल आमा र गाउँ शहर नगर घर समाजलाइ चटक्कै छोडेर आखामा आँसु का थोपा मनमा अनेक अनावश्यक पिडा बोकेर आफ्नो रोजि रोटी को सिलसिलामा हामी बिदेश गएर भबिस्यको सुनौलो सपना साकार पार्नको निम्ति हामी बिदेश जाने योजना बनाउछौ।

अनि हातम राहदानी पासपोर्ट बोकेर म्यानपावर धाउछौ अनि म्यानपावर अफिस का एक दलाल लाई समाउछौ।अनि सोधपुछ गर्छौ जब कि दलालको कुरा बुझ्दा धेरै कमाई हुने अनि आफ्नो सपना पुरा हुने सोछौ,बुझ्छौ।जब कि सुबिधा बारेमा सबै चित्त बुझ्दो हुन्छ । अनि बिदेश को यात्रा पहिलो पटक हुदा जति तोकिएको हुन्छ लागत खर्च त्यो तिर्न पनि मन्जुर हुनुपर्ने अवस्था आउछ। अनि तिर्छौ तिरिसके पछि जब बिदेश जाने अन्तिम तयारी हुन्छ तब फ्लाइट हुनु अगाडि म्यानपावर ले केही प्रमाण अर्थात बिदेश पठाएको रेकर्ड आधार राख्ने हुदा बिदेश जाने अन्तिम तयारीका युवाहरूलाई बोलाइ लागत खर्च कति तिर्नु भयो। भन्दा यति तिरे भन्नू जोकि कुल लाग्ने लागत खर्चको 75% असुल गरेका हुन्छन। अनि 25% बताउने पर्नेहुन्छ अनि तलब सुबिधा बारेमा पनि भनेको भन्दा धेरै फरक हुन्छ। तर बिदेश जान तयार हुन्छौ किनकि घर बाट बिदाइ भै आएको हुदा कसरी जानू यति पैसा फसिसक्यौ भन्ने हुन्छ।अनि जब एर्पोट तर्फ लाग्छौ एर्पोटको गेटमा एकजना म्यानपावर को दलाल पासपोर्ट कागजात पेपर बुझाउनको लागि आएको हुन्छ। जसमा हामी बिदेश जान मन्जुर छौ भनेर हस्ताक्षर पनि गर्छौ जसमा नक्कली पेपर डकुमेन्ट पनि भेटिन्छ। तर त्यतिखेर जादैनौ भन्छौ तर जानुस कुनै समस्या परे कल गर्नुस यो कार्ड लिनुस भनेर हिड्छन हामी एर्पोट प्रवेश गर्दै प्रवास आउछौ।

म कतारमा छु र कतारकै सन्धर्भ मा कुरा गर्दा जब कतारको एर्पोट बाट कम्पनी मा प्रवेश गरेपछि त्यहा को मावल नै अर्को हुन्छ किनकी त्यहा रहेका पुराना कार्यरत नेपाली दाजुभाइ सग भेट हुन्छ। नया दाजुभाइ आउनु भयो भनेर नेपाल को नयाँ नौलो खबर बारेमा सोधपुछ सगै नेपालबाट आएको कम्पनी र म्यानपावर बारेमा कुरा हुन्छ तब दुख लाग्छ पहिलो लागत खर्च दोस्रो कम्पनी स्थिति बारेमा तर के गर्नु लाखौं तिर आउदा को पिडा घर को पुरानो ऋण र नया सम्झिदा चक्कर लाग्द्छ।अनि कतिपयले यहि कुरा सोचाइ राख्दै गर्दा मृत्युको मुखमा पनि पुग्दछ्न। मर्नुको कारण हुनछ तब हटट्याक भनेर। यहाँ कतार बाट त्यो म्यानपावरका दलाल एजेन्डलाई कल गर्दै कम्पनी बारेमा सब कुरा सुनाउदा म स्टाफ हु धेरै थाहा छैन म बुझ्छु यति मात्र रहन्छ म भोलि बुझेर भन्नेछु हजुरलाई त्यसपछि भोलि सोधपुछ गर्दा म के गर्न सक्छु ?यसबारेमा उल्टै प्रस्न तेर्सिन्छ अनि फेरि कतार बसेर नेपालको बारेमा के थाहा छ तपाईलाई भने कुरा उठछ कल काट्नु हुन्छ।

सोचाइ लाग्छ कतार बसेर म्यानपावर लाई कतारको बारेमा लाखौं पैसा असुल गरेर बिदेश पठाउने चाहिँ थाहा हुने हामी गैर आवसिय नेपाली हौ हामिलाइ थाहा नहुने तर कल गर्दा उठदिन उठे अफिस मा आउनुस कतार बाट नेपालको बारेमा थाहा हुदै भन्नुहुन्छ।।। यो हो हामी नेपाली ले पाएको दुख जहाँ नेपाली ले नेपालीलाई ठगिएको छ।श्रम निकाल्दा नक्कली डकुमेन्ट पेस गरि निकालिएको छ।सरकार तर्फ पनि ठग्ने प्रवृत्ति सोझा सिधा धन कामाउने उद्देश ले बिदेश जाने युवाहरूलाई पनि ठग्ने गर्दछन। जहाँ श्रममा बस्ने कर्मचारी पनि अध्यारो कोठा अन्धो बसेको महसुस। यी मेरा आनुभव सगै स्वदेश बाट वैदेशिक रोजगारको तयारी गर्दै हुनुहुन्छ भने बुझेर मात्र आउनु होला यो खाडी देशमा आउँदा लाखौं पैसा तिरेर नआउनुहोला कसैको अनुभव जीवनको भोगाइ सग मेल खान गएमा मात्र समयोग हुनेछ । यो मेरो वास्तविक अनुभव हो।

No comments:

Post a Comment

watch first and then search