watch first and then search

watch first and then search

Monday, January 2, 2017

एमालेले संसदीय दलको बैठक बसेर नयाँ रणनिती तय गर्ने , अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन



काठमाडौं, १८ पुस । सत्तापक्षले जबरजस्ती संशोधन विधेयक सदनमा टेबुलको तयारी गरेपछि प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । आज मध्यान्ह नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकबाट एमालेले सदनमा कसरी प्रस्तुत हुने निर्णय गर्नेछ । एमालेका मुख्य सचेतक भानुभक्त ढकालले आजको संसद बैठकको तयारीका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको बताए ।

पाँच नम्बर प्रदेशबाट तराई र पहाडका जिल्ला अलग गराउने गरी सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएपछि एमालेसहितका नौँ दलहरू सडक र सदन आन्दोलनमा छन् । स्रोतका अनुसार आजको संसद बैठकमा सरकारले जबरजस्ती संशोधन विधेयक अगाडि बढाउन खोज्यो भने एमालेसहितका प्रतिपक्ष दलहरूले रोष्टम घेराउसम्म गर्ने चेतावनी दिएका छन् । सोही तयारी स्वरुप एमालेले आफ्ना सांसदहरूलाई सदनमा उपस्थित हुन कडा निर्देशन समेत दिएको छ ।

No comments:

Post a Comment

watch first and then search