गोरे सन्तोष भनिने सन्तोष बुढाथोकीमाथि विहीवार राति कोहलपुरमा खुकुरी प्रहार भएको छ । घाँटीमा खुकुरी प्रहार भएका सन्तोषको अवस्था गम्भीर छ ।
उनलाई कोहलपुरको वेलकम रेस्टुरेन्टबाट निस्कँदै गर्दा खुकुरी प्रहार भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । रेस्टुरेन्ट अगाडि लक्ष्मण मल्ल भन्ने व्यक्तिले उनीमाथि खुकरी प्रहार गरेर फरार भएको बुझिएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेले खुकुरी प्रहार गर्ने व्यक्तिहरु सन्तोषकै समूहका भएको बताए । प्रहरी नायब उपरीक्षक काफ्लेले भने, ‘उनीहरु सबै एउटै समूहका व्यक्तिहरु हुन् ।
वेलकम रेस्टुरेन्टबाट निस्कँदै गरेका सन्तोष मोटरसाईकलमा चढेर जाँदै गर्दा पछाडिबाट घाँटीमा खुकुरी हानिएको हो ।’प्रहरीले लक्ष्मणका साथी विमल सेन र सुदीप सुवेदीलाई पक्राउ गरेको छ ।
गम्भीर अवस्थामा रहेका सन्तोषलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारपछि थप उपचारार्थ लखनउ रिफर गरिएको बताईएको छ । घाईते सन्तोष नेकपा एमालेको भ्रातृ संगठन युवा संघका केन्द्रीय सदस्य हुन् । गुण्डागर्दीमा पनि बेलाबखत उनको नाम जोडिंदै आएको छ ।
No comments:
Post a Comment