ब्राउन सुगर सहित बीरेन्द्रनगरमा एकजना पक्राउ
सुर्खेत, २० पुस २०७३
प्रहरीले सुर्खेतको बीरेन्द्रनगरबाट ब्राउन सुगर सहित एक जनालार्इ पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको बिशेष टोलीले बीरेन्द्रनगर ४ खोर्के खोलाको जिरो ड्याम नजिकबाट १८ वर्षका स्थानिय खड्कबाहदुर शाहीलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो। उहाँको साथबाट ४६० मिलिग्राम ब्राउन सुगर बरामद भएको भन्दै कार्यालयले थप अनुसन्धान भर्इरहेको जनाएको छ ।

No comments:
Post a Comment