watch first and then search

watch first and then search

Tuesday, December 13, 2016

मुनाकुमारी बचाउ अभियानमा महिलाहरु



इटहरी उपमहानगरपालिका वडा नम्बर ३ खोर्सानेखाप होमस्टे(घरवास) संचालन समितिका अध्यक्ष आशबहादुर धिमालकी जीवनसंगिनी मुनाकुमारी धिमालको दुवै मृगौलाले मध्ये एकले पुरै काम गर्न छाडेको र अर्कोले केही प्रतिशत काम गरिरहेकाले उनलाई बचाउनका लागि इटहरी १ संगीतका चौंकका महिलाहरुले मंगलवारबाट मुनाकुमारी बचाउ अभियान थालेका छन् ।

आर्थिक रुपमा ज्यादै विपन्न धिमाल परिवारले मुनाकुमारीको उपचारमा हालसम्म १ लाख ५० हजारबढी खर्च गरिरसेका छन् । नोबेल अस्पताल विराटनगरमा उपचार गराईरहेका जीवनसंगीनीको महिनामा दुई पटक मृगौला डायोलोसिस गरिरहनु परेको श्रीमान् आशबहादुरले बताए । स्थानीय सरसस्वती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका आशबहादुर अन्य विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध छन् ।

मुनाकुमारीको मृगौलाले काम नगरेको सूचना पाएका महिला आधारशिला सुनसरीमा आवद्ध इटहरी १ संगीतचौंक स्थित सृजनशिल महिला समूहको सक्रियतामा दुई दिन संकलन गरेको १८ हजार ५ सय ३० रुपियाँ रकम मंगलवार धिमालकै घरमा पुगेर उपचारका लागि सहयोग स्वरुप हस्तान्तरण गरिएको महिला आधारशिला सुनसरीकी अध्यक्ष सुशिला उप्रेतीले जानकारी दिएकी छन् ।

सो रकम मुनाकुमारी र उनका श्रीमान् आशबहादुरलाई महिला आधारशिलाकी अध्यक्ष उप्रेती, सृजनशिल महिला समूहकी अध्यक्ष बिना केसी, उपाध्यक्ष जमुना गुरुङ, सचिव कल्पना लिम्बू, कोषाध्यक्ष गोमा भण्डारी लगायतले हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरणपछि आशबहादुरले आफुसंग भएको सम्पती सकिएको र यो १८ हजार सहयोगले ठूलो राहत भएको बताए । उनका अनुसार मुनाकुमारीको उपचारमा संलग्न डाक्टरले निरन्तर डायलोसिस गरे एउटा मृगौला बचाउन सकिने बताएका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाले मृगौला रोगीको डायलोसिस निःशुल्क भनिएपनि आफुले अस्पतालमा निरन्तर पैसा तिरिरहनु परेको गुनासो गरे । इटहरी उपमहानगरपालिकाले पत्र लेखि उपचार निः शुल्क गर्न अनुरोध गरेपनि पैसा तिरिरहनु परेको आशबहादुरले बताए । महिला आधारशिला अन्तरगतको सृजनशिल महिला समूहले मंगलवार गरेको सहयोगबाट अब आफु बाँच्ने आशा पलाएर आएको मुनाकुमारीले बताइन् ।

No comments:

Post a Comment

watch first and then search