watch first and then search

watch first and then search

Tuesday, December 13, 2016

यसकारण मन्त्री केसी भारत प्रस्थान



काठमाडौँ, २८ मङ्सिर । सहरी विकासमन्त्री अर्जुननरसिंह केसी भारत प्रस्थान गर्नुभएको छ । भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर २९ देखि आगामी पुस १ गतेसम्म हुने एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरुको सहरी विकास तथा आवाससम्बन्धी छैटौँ मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

सम्मेलनमा भाग लिन भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री केसीले सम्मेलनमा नेपालको आवास नीति, सहरीकरणका अवस्था, समस्या, चुनौती र नेपालले अपनाएका रणनीतिबारे सदस्य राष्ट्रलाई जानकारी गराइने बताउनुभयो ।

मन्त्री केसीसँगै सहरी विकास मन्त्रालयका प्रवक्ता शिवहरि शर्मा र वरिष्ठ समाजशास्त्री पोष्टराज ढुङ्गाना हुनुहुन्छ । सम्मेलनले एसिया प्रशान्त क्षेत्रका सहरी विकास तथा आवाससम्बन्धी दिगो रणनीतिसहित नयाँदिल्ली घोषणापत्र जारी गर्ने बताइएको छ ।

No comments:

Post a Comment

watch first and then search