watch first and then search

watch first and then search

Monday, December 12, 2016

रेखा थापा राप्रपा प्रवेश गरेपछि माओवादी केन्द्रमा खैलाबैला, प्रचण्डसँग जवाफ माग



काठमाडौं, २७ मंसिर । नायिका रेखा थापा पार्टी छाडेर राप्रपा प्रवेश गरेपछि माओवादी केन्द्रमा खैलाबैला मच्चिएको छ । २०७० साल जेठ महिनामा पार्टी अध्यक्ष प्रचण्डले रेखालाई पार्टीमा भित्र्याएका थिए । यति मात्रै होइन रेखासँग राजधानीको एक सार्वजनिक मञ्चमै कम्मर मकाई मकाई नाचे । तर, त्यसको ठिक तीन वर्षपछि यसैहप्ता माओवादी छाडेकी रेखालाई सोमबार कमल थापाले पार्टीमा भित्र्याए । जून अस्वभाविक थियो । किनकि कम्युनिष्ट राजनीतिक अंगालेको व्यक्ति भुलेरपनि हिन्दू धर्म र राजसंस्थाको वकालत गर्ने पार्टीमा प्रवेश गर्दैन्थ्यो । तर, रेखाले कम्युनिष्ट पार्टी त्यागेर राप्रपा प्रवेश गरिदिइन् । यो विषयलाई लिएर माओवादी केन्द्रमा खैलाबैला मच्चिएको हो ।

धेरै नेता कार्यकर्ताले रेखा राजनीति गर्न ‘लायक’ नभएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डसँग उतिबेला किन पार्टीमा प्रवेश गराएको भनेर जवाफ मागेका छन् । उनीहरुले रेखालाई पार्टीमा ल्याउनै गल्ती भएको र परिणाम अहिले देखिएको सम्म भन्न थालेका छन् । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी नेतृ कविता ढुंगानाले रेखाको राप्रपा प्रवेश प्रकरणबारे पार्टी नेतृत्वसँग जवाफ मागेकी छन् । सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै सहिद पुत्रीसमेत रहेकी ढुंगानाले रेखालाई पार्टीमा ल्याउने र चुनावमा टिकटसमेत दिने नेताहरुले जवाफ दिनुपर्ने माग राखेकी हुन् ।

‘रेखा थापालाई पार्टीको केन्द्रीय सदस्य बनाउने र चुनावमा समेत टिकट दिने निर्णय गर्ने प्रिय कमरेडहरुले जवाफ दिनु पर्यो,’ उनले लेखेकी छन्– ‘माओवादी आन्दोलनमा न हिजो रेखा थापाको कुनै भूमिका थियो न आज हुनेछ । उहाँले जानेकै फिल्म खेल्न हो अन्त समय खेर नफालेकै राम्रो । यति चैं भनियो पहिला एउटै पार्टीको सदस्य जो परियो ।’
उनले रेखालाई फिल्ममै रमाउन सुझाव दिँदै राजनीतिमा लागेर समय खेर नफाल्न अनुरोध समेत गरेकी छन् ।

No comments:

Post a Comment

watch first and then search