watch first and then search

watch first and then search

Thursday, November 10, 2016

चीन विरोधी ट्रम्प विजयी भएपछि चीनले दियो यस्तो प्रतिक्रिया - See more at:

काठमाडौं, एजेन्सी– अमेरिकामा नयाँ राष्ट्रपति निर्वाचनको परिणाम आएलगत्तै चीनले प्रतिक्रिया दिएको छ । नयाँ राष्ट्रपतिमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प विजय भएलगत्तै चीनले दुई देशबीचको सम्बन्ध दीर्घकालीन, स्वस्थ र स्थिर बनाउन पहल गर्ने प्रतिबद्धतासहित प्रतिक्रिया जनाएको हो ।
चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार प्रवक्ता लु–खाङले अमेरिका–चीनबीचको सम्बन्ध ७० को दशकको जस्तो नभएको संकेत गरे ।
उनले भने, ‘७० को दशकमा यी दुवै देशबीचको व्यापार रकम २ अर्ब अमेरिकी डलर रहेको तर अहिले भने ५ खर्ब ५० अर्ब डलरभन्दा बढी पुगेको छ, यो व्यापार साझेदारीले दुवै मुलुकको आपसी हित र साझा समृद्धि जोडेको छ ।’ प्रवक्ता खाङको यो भनाईले पछिल्लो समयमा चीन र अमेरिकाबीच देखिएको यो साझेदारीअनुसार नयाँ राष्ट्रपति ट्रम्प पनि चल्न सके दुवै देशको हित हुनसक्ने कुराको संकेत गरेको चिनियाँ सञ्चारमाध्यामहरुले जनाएका छन् ।
चीन र अमेरिकाले अबका दिनमा समेत आपसी आर्थिक तथा व्यापारिक मतभेदलाई समाधान गर्ने क्षमता राख्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि चीन तयार रहेको बताए ।
अमेरिकी राष्ट्रपति निर्वाचनको दौडका क्रममा ट्रम्पले चीनसँगको सहकार्यका विषयमा व्यापक आलोचना गर्दै विभिन्न आरोप समेत लगाउँदै आएका थिए । उनको विजययात्रासँगै चीनप्रतिको उनको रवैया कस्तो हुन्छ भन्ने कुराको अपेक्षा सर्वत्र गरिएको छ ।

No comments:

Post a Comment

watch first and then search