watch first and then search

watch first and then search

Thursday, November 10, 2016

यो हो दुनियाकै महँगो तरकारी, पर्छ किलोको ५० हजार रुपैयाँः नेपालमै पनि पाइन्छ तर, नेपालीलाई थाह छैन महत्व




तरकारी किन्न बजारमा जाने गृहिणीहरुको दैनिकजसो गुनासो हुनेगर्छ की तरकारीको भाउले आकास छोइसक्यो । बजारको मामुली तरकारीको भाउले समेत आकास छोइरहेको परिप्रेक्ष्यमा यदि उनीहरुलाई दुनियाकै सबैभन्दा महंगो यस तरकारीको बारेमा सुनाइदिने हो भने साँच्ची आफ्नै कानमाथि विश्वास गर्न सक्दैनन् होला ।

दुनियाको सबैभन्दा महंगो तरकारीको भाउ सुन्दा जो कोहीपनि तिनछक पर्दछ । दुनियाकै सबैभन्दा महंगो तरकारी हो, गुच्छी च्याउ । नेपालका समेत उच्च पहाडि तथा हिमाली भेगमा पाइने तर खासै महत्व नपाएको गुच्छी च्याउ भारतमा भने सुनको भाउमा बिक्ने गरेको छ ।खासगरी हिमाचल, कश्मीर लगायतका क्षेत्रमा पाइने गुच्छी प्रति किलो २५ देखि ३० हजार भारुमा बिक्दछ । भारतीय सचार माध्यमका अनुसार बिजुली चम्किएको बेला हिउँ पग्लिएपछि हिउँमुनिबाट यो च्याउ बाहिर निस्किन्छ ।

यसलाई मानिसहरुले टिपेर जम्मा गरेर राख्ने तथा जाडोको मौसममा पकाएर खाने गर्दछन् । वैज्ञानिक नाम मार्कुला एस्क्यूपलेटा रहेको यो च्याउ औषधिय गणले युक्त छ । भारतमा ठूला ठूला कम्पनी तथा होटेलहरुले यसलाई महंगोमा किन्ने गरेका छन् । त्यसैले भारतमा गुच्छी पाइने क्षेत्रका मानिसहरु फेब्रुअरी देखि अप्रिलसम्म गुच्छी खोज्न पहाडतिर धाउँछन् । यो च्याउको माग भारतसँगै अमेरिका, युरोप, फ्रान्स इटाली तथा स्विजरल्याण्ड सम्मै रहेको छ ।

No comments:

Post a Comment

watch first and then search