watch first and then search

watch first and then search

Thursday, November 10, 2016

नेपालगन्जमा टाउकोमा चक्कु प्रहार गरेर व्यवसायीको



कार्तिक, २५ नेपालगन्ज ।

नेपालगन्जमा व्यवसायीको ९ लाख ६० हजार नेपाली रुपैया लुटिएको छ ।

रुपैडियाबाट नेपालगन्जतर्फ आउदै गर्दा आज बिहान करिब साढे ९ बजेतिर चौलिका चोकनजिक बिरेन्द्रनगर नगरपालिका ६ का मोहम्मद मियाज अली साईको पैसा लुटिएको हो ।

मोटरसाइकल बिग्रिएपछि बनाउदै गरेका साईको शरिरमा खुर्सानी धुलो छर्केर र ठाउँकोमा चक्कु प्रहार गरेर पैसा लुटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

चक्कु प्रहारबाट साइको टाउकोमा सामान्य चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सह–प्रवक्ता प्रहरी निरीक्षक विरबहादुर थापाले घटना शङ्कास्मद भएकाले अनुसन्धान भइहरेको बताउनुभयो ।

घाइते साईको मेडिकल कलेज नेपालगन्ज उपचार भइरहेको छ । लुटेराहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search