watch first and then search

watch first and then search

Thursday, November 10, 2016

रेड कार्ड दिएपछि टाउकोले हिर्काएर रेफ्रीको हत्या




एजेन्सी, मेक्सिको सिटी ।

खेलका क्रममा रेड कार्ड देखाएको रिसमा एक खेलाडीले मेक्सिकोमा आफ्नो टाउकोले प्रहार गरी रेफ्रीको हत्या गरेका छन्। मेक्सिको सिटीबाट झन्डै एक सय २० किलोमिटरको दूरीमा रहेको हिडाल्गो राज्यस्थित तुलानसिंगो सहरमा उक्त घटना भएको हो। घटना आइतबार एक स्थानीय प्रतियोगिताका क्रममा भएको हो।

मेक्सिकन पत्रिका क्राइटेरिअन हिडाल्गोले जनाएअनुसार खेलाडीले टाउकोले हिर्काएपछि रेफ्री भिक्टोर ट्रेजोको मृत्यु भएको हो। खेलका क्रममा विपक्षी खेलाडीलाई फल प्रहार गरेपछि रेफ्री ट्रेजोले रुबेन रिभेरा भाज्कुइज नाम गरेका खेलाडीलाई रेड कार्ड देखाएका थिए।

रेफ्रीले रातो कार्ड देखाएपछि भाज्कुइज निकै क्रुद्ध बनेका थिए। त्यसलगत्तै उनले ट्रेजोको मुखमा लगातार आफ्नो टाउकोले प्रहार गरेका थिए। रेफ्री अचेत भएर भुइँमा लडेपछि ती खेलाडी भागेका थिए।

खेलका क्रममा मैदानमै उपस्थित रहेका प्यारामेडिक्सले ट्रेजोलाई बचाउने प्रयास गरे पनि असफल भएका थिए। तस्बिरमा देखिएअनुसार ट्रेजोको मृत शरीरलाई प्लास्टिकले छोपेर मैदानमै राखिएको थियो । ती खेलाडीलाई अझै प्रहरीले खोजी गरिरहे पनि पक्राउ गर्न सकेको छैन।

No comments:

Post a Comment

watch first and then search