कार्तिक, २९ नेपालगन्ज ।
शनिबार राती महिला तस्करहरुको एक समुहले नेपालगन्जमा प्रहरीमाथि हातपात गरेको छ । जमुनाहा भन्सारमा सुरक्षा जाँचमा खटिएका चार जना महिला तस्करहरुले प्रहरीमाथि हातपात गरेका हुन् ।
प्रहरीमाथि हातपात गर्ने चारै जनालाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनाविरुद्ध आइतवार सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीर बहादुर थापाले जानकारी दिनुभयो ।
भारतीय बजारबाट भन्सार छलेर ल्याईएका लत्ताकपडाबारे सोधपुछ गर्दै गर्दा एक्कासी प्रहरीमाथि ति महिलाहरुले हातपात गरेका थिए । चारै जना लामो समयदेखि भन्सार छलेर सामान ओसारपसार गर्ने काममा संलग्न रहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment