watch first and then search

watch first and then search

Monday, November 14, 2016

झडपमा १२ को मृत्यु !



बग्दाद, कात्तिक । मध्य इराकमापर्ने सिते मुसलमान समुदायको पवित्र सरह कारबाला नजिकै बम विस्फोट गराउन लागेका छजना आत्मघाती आक्रमणकारी इराकी सुरक्षा बलद्धारा जारी कारबाहीमा मारिएका छन् ।

यस क्रममा ६ सर्वसाधारण पनि मारिएका इराकी गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएको छ ।

सो आक्रमण सोमबार बिहान आइन अल तामुर सहरमा भएको थियो । सो क्षेत्र कारबालबाट करिब ८० किलोमिटर पश्चिममा पर्दछ ।

सुरक्षा बल र आत्मघाती आक्रमणकारीबीच जारी रहेको झडप र विस्फोटमा परी ६ सर्वसधारणको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

इमाम हुसेनको स्मरणस्वरुप मनाइने दिनको तयारी गरिहरेका सिते मुसलमान समुदायलाई लक्ष्यगरी सो आक्रमण भएको बताइएको छ ।

सन् ६८० मारिएका इमामलाई कारबालामा गाडेको बताइन्छ । कारबाला इराकको राजधानी बग्दादबाट एकसय १० किलोमिटर दक्षिणमा पर्दछ ।

सिते मुसलमानले गत अक्टोबर १२ को दिनमा धार्मिक नाम ‘असुरा दे’बाट परिचित दिनमा इमाम मारिएका स्मिृति दिवस मनाइसकेका छन् । तर सो दिनको ४० दिन पछाडि अर्थात नोभेम्बर २१ का दिनमा कारबालामा उनको स्मरण दिवस मनाइने गरिन्छ ।

यसैको तयारीमा रहेका सिते मुसलमानलाई लक्षित आजको आक्रमण भएको बताइएको छ । यस आक्रमणको हालसम्म कुन पनि समूहले जिम्मा लिएको छैन् । इराकमा गत अक्टोबरमा भएको सशस्त्र द्वन्द्व, आतङ्ककारी आक्रमण र हिंसामा परी एक हजार ७९२ सर्वसधारणको मृत्यु भएको र एक हजार ३५८ घाइते भएका इराकको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ ।

No comments:

Post a Comment

watch first and then search