watch first and then search

watch first and then search

Monday, November 14, 2016

यस्तो देखियो प्रहरी–हतियारधारी समुहबीचकाे मुडभेड स्थल !



रौतहट– रौतहटको लालबकैया खोलाको बाँधमा सोमबार विहान प्रहरी र अज्ञात समूहबीच गोली दोहोरो गोली हानाहान हुँदा सशस्त्र समुहका एक व्यक्तिको मृत्यु भयो ।

मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौडाबाट खटिएका प्रहरीमाथि सशस्त्र हातहतियारसहित आएका सो समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीको जवाफी फारिङमा परी भारत पूर्वी चम्पारन ढाका जिल्लाको कोरैया ग्रामपञ्चायत लौखान टोलका करिव ४४ वर्षीय तेजीलाल साहको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाही गाविस नजिक लाल बकैया नदी किनारमा हतियारधारी डाँकाहरुको समुह आएको सूचना मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले दिएपछि जिल्ला प्रहरी कार्यालय रौतहट र मध्य क्षेत्रीय प्रहरीको संयुक्त टोली उक्त स्थानमा पुगेपछि डाँका समुहले प्रहरी टोलिमाथि अन्धाधसन्ध फायरिंग सुरु गरेको थियो।

डाँका समुहले चलाएको गोलको छर्रा लागेर प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएका छन्।

हेर्नुहाेस् मूडभुड स्थल

No comments:

Post a Comment

watch first and then search